2026-07-04 05:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेलाई गरेको पक्राउ कानुनी प्रक्रिया विपरीत रहेको ठहर

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई कानुनी प्रक्रिया विपरीत पक्राउ गरिएको निष्कर्ष निकालेको छ । सचिवालयको बुधबार सुरु भएको बैठकले लामिछानेलाई चैत २२ मा गरिएको पक्राउ कानुनी प्रक्रिया विपरीत रहेको ठहर गरेको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार उच्च अदालतले गरेको आदेश कानुनी प्रक्रिया पूरा नगरी कार्यान्वयन गरिएको सचिवालय बैठकले ठहर गरेको छ ।

‘उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश सम्मानपूर्वक स्वीकार गर्दै आफैं गिरफ्तारी दिने सार्वजनिक घोषणा गरिसकेको अवस्थामा उच्च अदालतको आदेश कार्यान्वयनका लागि जिल्ला अदालतले प्रक्रिया सुरु नगर्दै चैत २२ गते प्रहरीले सभापति रवि लामिछानेलाई गरेको पक्राउ कानुनको उचित प्रक्रिया विपरीत रहेको हाम्रो ठम्याई छ,’ रास्वपा सचिवालयले भनेको छ, ‘चैत २२ गते राति पक्राउ पर्नुभएका लामिछानेलाई २५ गतेमात्र जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएर थुनुवा पूर्जी दिइएकाले उहाँको दुई दिन तीन रातको हिरासत बसाई स्वतः अवैध छ ।’लामिछानेलाई पक्राउ गर्न प्रहरी प्रशासनले खेलेको भूमिकालाई लिएर पनि रास्वपाले आलोचना गरेको छ । कानुनी प्रक्रिया पूरा नगरी प्रहरी लामिछानेको घरमा पक्राउ गर्न पुगेको रास्वपा सचिवालयको भनाइ छ ।

‘जिल्ला अदालत रुपन्देहीले प्रक्रिया सुरु नगर्दै सभापति लामिछानेलाई पक्राउ गर्न आफैं सक्रिय भएको प्रहरीले उहाँको निवासमा गरेका क्रियाकलाप झनै आपत्तिजनक छ । कानुनले निर्धारण गरेका आधारभूत कागजात र अदालतको आदेशसमेत नलिई घर प्रवेश गर्नु, सभापति लामिछानेले मागेपछि मात्रै ढिला गरी दिनु, उच्च अदालतले समेत आदेश गरिसकेको मुद्दामा अनुसन्धानका लागि भन्दै पक्राउ गर्नु र प्रहरीका उच्च अधिकारीले नै ‘अन्तिम इच्छा’ सोध्नुजस्ता क्रियाकलापले प्रहरीको गैरव्यवसायिकता मात्रै प्रष्ट्याएको छैन कानुनी शासनकै धज्जी उडाएको छ,’ रास्वपा सचिवालयले भनेको छ ।

सभापति लामिछानेमाथि राज्य संयन्त्रले प्रतिशोध साँधेको उक्त पक्राउले पनि पुनः प्रमाणित भएको रास्वपाको दाबी छ । बैठकले पार्टी लामिछानेमाथि राज्यको निर्मम प्रतिशोध रहेको र उनीमाथि भएको प्रहरी दमन र मानवअधिकार उल्लंघनका घटनाका सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगलाई सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ । उक्त विषयमा पनि सचिवालय बैठकमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो