८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब हरेक वर्षको चैत २८ लाई मोही दिवसको रूपमा मनाउने घोषणा

२८ चैत्र २०८१, बिहीबार १७:४६

काठमाडौँ | परम्परागत पेय पदार्थ ‘मोही’ लाई राष्ट्रिय पहिचानको रूपमा स्थापित गर्दै स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल डेरी एसोसिएसनले हरेक वर्ष चैत २८ गते राष्ट्रिय मोही दिवसको रूपमा मनाउने घोषणा गरेको छ ।‘नियमित मोही सेवनः स्वस्थ र फूर्तिलो जीवन’ भन्ने नाराका साथ एसोसिएसनले आज काठमाडौँमा एक कार्यक्रम गरि शुभारम्भ गर्दै अब हरेक वर्षको चैत २८ लाई मोही दिवसको रूपमा मनाउने घोषणा गरेको हो ।

नेपाल डेरी एसोसिएसनले लामो समयदेखि मोही, लस्सी, दही, आइसक्रिम जस्ता परम्परागत दुग्धजन्य पेय पदार्थको प्रवर्द्धनमा अग्रसर हुँदै आएको छ । आफ्ना प्रत्येक कार्यक्रममा अन्य कृत्रिम पेयको सट्टा मोही जस्ता स्वदेशी पेय पदार्थको सेवा गर्दै आएको एसोसिएसनले पछिल्लो दुई वर्षदेखि अस्पताल, विद्यालय, सामाजिक संस्थामा निःशुल्क मोही वितरण कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाएको छ ।

दरबारमार्गस्थित एक क्याफेमा हरेक शनिबार बिहान ७ देखि ११ बजेसम्म वितरण हुने यो मोही अभियानबाट हालसम्म २५ हजार लिटर मोही झन्डै दुई लाख जनालाई खुवाइएको एसोसिएनसले जनाएको छ । एसोसिएसनका अध्यक्ष तथा मोही अभियन्ता प्रल्हाद दाहालले बताए । मोहीलाई एक लुकेको परम्परागत पेयबाट सबैका सामु गर्वका साथ पस्कन सकिने स्वास्थ्यवर्द्धक पेय बनाउने अभियान सफल हुँदै गएको उनको भनाई छ । दुई दर्जनभन्दा बढी डेरी उद्योगले मोहीलाई लेबलिङ र प्याकेजिङसहित बजारमा ल्याएका छन् । हाल दैनिक झन्डै २५ हजार लिटर मोही बजारमा खपत हुँदै आएको छ भने अनौपचारिक रूपमा उपभोग हुने मोहीको मात्रा झण्डै एक लाख लिटर रहेको एसोसिएसनको अनुमान छ ।

कार्यक्रममा दुग्ध विकास संस्थानका महाप्रबन्धक पशुपति ढुंगानाले हाल उत्पादित दूधको पूर्ण खपत हुन नसकेको अवस्थामा मोहीजस्तै अन्य दुग्ध उत्पादनलाई विकल्पका रूपमा विकास गर्न सकिने बताउँदै भविष्यमा संस्थानले यसतर्फ ध्यान केन्द्रित गर्ने बताए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र मिश्रले डेरी एसोसिएसनले सञ्चालन गरेको मोही अभियानले सार्थकता पाउँदै गएको उल्लेख गरे । मोही अब गाउँघरको सीमितताबाट निस्केर शहरी जीवनशैलीसँग मिसिएको, स्वास्थ्यप्रद र गर्वका साथ पस्कन सकिने पेयको रूपमा विकसित हुँदैछ ।

कार्यक्रमलाई डेरी एसोसिएसनको नेतृत्वमा पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, एसोसिएसन अफ नेपाली एग्रीकल्चरल र्जालिस्ट्स (अनाज), दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ, कृषि उद्यम केन्द्र (एफएनसीसीआई), केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ, कृषि तथा पशुपन्छी व्यवसायी संघ, रोटरी क्लब अफ कपनले संयुक्त रूपमा आयोजना गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता