2026-07-04 05:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उद्योगमन्त्रीले नेपाली उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिलो बजार घरेलु बजार भएको बताए

काठमाडौँ | उद्योगमन्त्री दामोदर भण्डारीले नेपाली उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिलो बजार घरेलु बजार भएको बताएका छन् । बिहीबार काठमाडौँमा इक्यानले आयोजना गरेको ‘एडुक्लेभ ३.०’ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपाली उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिलो बजार घरेलु बजार भएको बताउँदै उपभोग कार्यविधि २०८१ लाई महत्वकांक्षी ओजनाको रुपमा प्रोत्साहन गर्न मन्त्रालय लागि परेको बताएका हुन् ।

उनले भने, ‘नेपाली उत्पादनको उपभोगलाई सार्वजनिक निकायमा अनिवार्य गर्नुपर्छ । नेपाली उत्पादनलाई अनिवार्य गर्न सकियो भने मात्र नेपाको उद्योग प्रमोसन हुन्छ । अहिलेसम्म हामीले अन्य देशको कपडाहरु प्रयोग गरिरहेका छौं । नेपालका तानले बुनेका कपडाहरुको ब्रान्डिङ गर्न, लेवलिङ गर्न सरकार तयार हुनुपर्छ ।’नविनतामा आधारित महिला युवाहरुलाई प्राेत्साहित गर्ने कार्यक्रमहरु मन्त्रालयले गर्दै आएको मन्त्री भण्डारीले बताए ।

‘नेपाल अमेरिका टिफा’ फ्रेमवर्कमा एग्रिमेन्ट गरेर नेपालका ११ वटा वस्तुहरु समावेश गरिएको छ । ताकी अहिलेको अमेरिकाको टिफाले नेपालमा जुन ट्याक्स लगाएको छ यसलाई एउटा अवसरको रुपमा पनि लिन सकिने मन्त्री भण्डारीले बताए ।

उनले भने, ‘अमेरिकामा अरु देशका वस्तुहरु जाँदा ट्याक्स महंगो हुन्छ । हामीले १० प्रतिशतको लाभ लिन सकिने धेरै आधार पनि छ । नेपालको वस्तु प्रमोशनका लागि आयात प्रतिष्ठापन निर्यातलाई प्रमोशन गर्न उद्योग मन्त्रालयले ‘एकिकृत व्यापार रणनीति’ ल्याएको छ, जसले समग्र सरकार र नेपाली पुँजी बजारलाई गाइड गर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो