2026-07-04 05:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका सबै वडा-वडामा इन्टरनेट सेवा पुर्‍याउँदै

काठमाडौँ | नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा नपुगेका गाउँपालिका र नगरालिकाका सबै वडामा उच्च गतिको ब्रोडब्यान्ड सेवा विस्तार गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै इन्टरनेट सेवा नपुगेका वडाहरूको विवरण सङ्कलन गर्न थालिएको हो । “ब्रोडब्यान्ड सेवाको पहुँच नभएका गाउँपालिका तथा नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयसम्म अप्टिकल फाइबर, वायरलेस तथा भीस्याटमार्फत ब्रोडब्यान्ड सेवा बिस्तार गर्ने कार्यक्रम रहेको छ,” प्राधिकरणको सूचनामा भनिएको छ, “यस कार्यक्रमको लागि ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरिनेछ ।”

कार्यक्रम सञ्चालनको लागि यसअघि सञ्चालित परियोजनामा छुटेका वा २ वर्षको निःशुल्क समयावधि पश्चात् सेवाको निरन्तरता नभएका गाउँपालिका तथा नगरपालिकाको कार्यालय र वडा कार्यालयहरू यकिन गर्न विवरण सङ्कलन गर्न लागिएको हो । तत् पश्चात् सेवा प्रदायक छनोट प्रक्रिया सुरु हुने र ती गाउँपालिका तथा नगरपालिकाको कार्यालय र वडा कार्यालयहरूसम्म ब्रोडब्यान्ड सेवा विस्तार गरिनेछ । डिजिटल रूपान्तरण तथा सूचना प्रविधिको प्रयोगमा सघाउन प्राधिकरणले यो परियोजना अघि सारेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो