2026-07-03 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकका दुई ठूला राजनीतिक दलको सहमतिमा निर्माण भएको वर्तमान सरकारको प्रमुख प्राथमिकता संविधान संशोधनसहित नागरिकलाई सुशासन दिने र अर्थतन्त्रलाई चलायमान बनाउने रहेकाले सोही अनुसार काम भइरहेको बताएका छन् ।

नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले आज भैरहवास्थित गौतमबुद्व अन्तरराष्ट्रिय बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै आम जनताको अपनत्व हुनेगरी संविधान संशोधन प्रक्रिया अघि बढेको र सुशासन कायम गर्नेगरी काम भइरहेको बताए ।उनले सत्ताघटक दुई ठूलन पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरू सम्मिलित कार्यदलले संविधान संशोधनका विषय पहिल्याउने गरी काम गरिरहेको जानकारी दिए ।

सञ्चारमन्त्री गुरुङले प्रारम्भिक चरणमा संविधानका सबल र दुर्वल पक्षमा छलफल गरी संशोधन गर्नुपर्ने विषय पहिचान गरी त्यसमा अन्य सत्तारूढ दलहरूसँगको छलफलपछि साझा अवधारणासहित प्रतिपक्ष दलहरूसँग समेत छलफल गरी मुलुकका सबै राजनीतिक पार्टीहरूको सहमतिमा संविधान संशोधन गरिने स्पष्ट गरे । उनले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन सरकारका तर्फबाट आवश्यक गृहकार्यसहित तयार गरिएको १० बुँदे कार्ययोजना कार्यान्वनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जुटरहेको जानकारी दिए । गुरुङले अन्तरराष्ट्रिय विमानस्थल बनेपछि त्यसको सञ्चालनमा सरकार नै लाग्नुपर्छ भनेरै १० बुँदे कार्ययोजना पारित गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो