2026-07-04 02:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी

काठमाडौँ | राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी परेको छ । चैत १५ गते शुक्रबार काठमाडौँको प्रदर्शनको क्रममा भएको हुलदंगाको क्षतिको ५ करोड ४९ हजार ४२१ रुपैयाँ बराबरको माग दाबी परेको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार १२ वटा निर्जीवन बीमा कम्पनीहरूमा उक्त रकम बराबरको बीमा दाबी परेको छ । यी कम्पनीमा ५० वटा दाबी पेस भएको छ । जसमध्ये शिखर इन्स्योरेन्स कम्पनीले मात्रै दाबी भुक्तानी गरेको छ । शिखर इन्स्यारेन्समा ४ लाख ९८ हजार २१३ रुपैयाँ बराबरको पाँच वटा माग दाबी परेको छ । दाबी परेका सबै भुक्तानी यस कम्पनीले दिइसकेको छ । अन्य दाबी परेका ११ कम्पनीहरूले भने हालसम्म भुक्तानी गरेका छैनन् ।

सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीमा दाबी पेस परेको छ । यस कम्पनीमा १ करोड २७ लाख रुपैयाँ बराबरको २ वटा बीमा दाबी पेस भएको छ । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १ करोड १७ लाख ९५ हजार रुपैयाँ बराबरको ९ वटा दाबी परेको छ।त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ७५ लाख ४९ हजार माग दाबी परेका छ भने नेको इन्स्योरेन्स कम्पनीमा ५२ लाख रुपैयाँ बराबरको परेको छ ।

दि।ओरिएन्टल इन्स्योरेन्समा ४७ लाख ५० हजार, नेशनल इन्स्योरेन्समा २० लाख ७५ हजार, हिमालय एभरेष्ट इन्स्योरेन्समा २२ लाख, आइजीआई प्रूडेन्सियलमा १७ लाख ६० हजार, नेपाल इन्स्योरेन्समा ८ लाख ७१ हजार र प्रभु इन्स्योरेन्समा ५० हजार रुपैयाँ बराबरको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो