३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समृद्ध नेपाल र सुखी नेपालीको साझा लक्ष्य प्राप्तिका लागि सबैमा सकारात्मक सोच आवश्यक : प्रधानमन्त्री ओली

१ बैशाख २०८२, सोमबार १३:२६

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको साझा लक्ष्य प्राप्तिका लागि सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताएका छन्। नयाँ वर्ष २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले कठिनाइका बाबजुद हासिल उपलब्धिहरूको जगमा उज्यालो भविष्य निर्माण गर्न सकिने विश्वास व्यक्त गरे।

‘नयाँ वर्षमा हामी नयाँ ऊर्जा, नयाँ संकल्प र नयाँ सम्भावनाको खोजी गरौँ,’ उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्,‘देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा संकल्प हो।’

प्रधानमन्त्री ओलीले राष्ट्रको साझा आकांक्षा साकार पार्न सरकारले मात्र नभई देशभित्र र बाहिर रहेका सबै नेपालीको समन्वित प्रयास आवश्यक रहेको धारणा राखे। उनले जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता राष्ट्रका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै ती विविधतालाई परस्परविरोधी नभई एकताको शक्ति बनाएर राष्ट्रनिर्माणमा जोड्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीले ग्रामीण भेगमा निर्माण भएका पूर्वाधार, सामाजिक सेवा प्रणालीमा आएको सुधार, तथा लोकतान्त्रिक प्रणालीले दिलाएका उपलब्धिहरू देशको विकास यात्राका सकारात्मक संकेत भएको बताए। उनले युवापुस्तालाई राष्ट्रको सम्भावना भन्दै उनीहरूको जोश, जाँगर र सिर्जनशीलतालाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर बनाउने सरकारको नीति रहेको जानकारी दिए। सन्देशको अन्त्यमा प्रधानमन्त्री ओलीले भने, ‘नयाँ वर्ष हामीलाई निराशाको सट्टा आशाको ऊर्जा र विश्वास दिन प्रेरित गर्छ। निराशा फैलाउने प्रवृत्तिलाई परास्त गर्दै हामी राष्ट्रप्रेम, एकता र प्रगतिमा विश्वासका साथ अघि बढ्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’