Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शेरबहादुर देउवा गठबन्धनबाट नहल्लिएसम्म सरकार र गठबन्धन दायाँबायाँ नहुने

२०८२, २ बैशाख मंगलवार १२:०५

काठमाडौँ | नेकपा एमालेले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धनबाट नहल्लिएसम्म सरकार र गठबन्धन दायाँबायाँ नहुने ठहर गरेको छ ।पछिल्लो अवस्थामा कांग्रेसका महामन्त्रीलगायत अन्य शीर्ष नेताहरू सरकारको आलोचनामा उत्रिए पनि देउवा सहमतिप्रति दृढ रहेकाले तत्काल सरकार र गठबन्धन दायाँबायाँ नहुनेमा एमाले विश्वस्त भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर कांग्रेस नेता डा. शेखर कोइरालादेखि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा समेत सार्वजनिक रूपमै आलोचनामा उत्रेका छन् ।

यही बेलामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्ने भन्दै त्यसो भएमा माओवादी जस्तोसुकै सहयोग गर्न तयार रहेको सार्वजनिक रूपमा बताइरहेका छन् । कांग्रेस नेताहरूबाटै लगातार सरकारको आलोचना हुन थालेपछि सरकारको भविष्यलाई विभिन्न टिका टिप्पणी भइरहेका छन् । यही अवस्थामा सोमबार बसेको एमाले सचिवालय बैठकमा सत्ता साझेदार दल कांग्रेसका नेताहरूबाट सरकारबारे भइरहेका टिप्पणीबारे छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सरकारबारे बाहिर भइरहेका टिप्पणी र वर्तमान परिस्थितिका बारेमा संक्षिप्त विश्लेषण सुनाएका थिए । त्यस अवसरमा प्रधानमन्त्री ओलीले कांग्रेसभित्र व्यक्ति विशेषले गरेका टिप्पणीको खासै अर्थ नहुने भएकाले सरकार र गठबन्धन दायाँबायाँ नहुने आश्वस्त पारेका थिए ।

‘शेरबहादुर देउवाजी सहमतिप्रति दृढ हुनुहुन्छ । हामी पनि सहमतिमा दृढ छौ त्यसैले अहिले जे हल्ला भएको छ त्यसबाट तर्सिन पर्ने छैन किनभने उहाँ (देउवा) दृढ भएसम्म समझदारी तलमाथि हुँदैन, हुने पनि म देख्दिनँ’, ओलीले सचिवालय बैठकमा गरेको ब्रिफिङलाई उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘कांग्रेस एमालेबिचको विश्वासको आधार टुटेको छैन, बरु बलियो भइरहेको छ । केही असमझदारी भए बसेर छलफल गर्न सकिन्छ ।’ती नेताका अनुसार कांग्रेसको एउटा पङ्क्ति सरकारप्रति पहिलाबाटै आलोचनामा उत्रिए पनि त्यसले सरकारलाई सजग बनाएको र त्यसैका कारण सरकार तलमाथि हुने अवस्था नभएकोमा प्रधानमन्त्री विश्वस्त देखिन्थे ।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले कांग्रेस सभापति शेरबहादुर देउवा सहमतिप्रति दृढ रहेको भन्दै उनले यताउता नगरेसम्म सरकार नढल्ने बताए । तर देउवा यताउता भएमा कसैले रोकेर समेत रोक्न नसकिने पाण्डेको भनाइ छ ।‘पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रमुख प्रतिपक्ष दलको नेता हो । उहाँले सरकार ढल्छ भन्नुभयो । विपक्षीको हैसियतले उहाँले त्यसो भन्नु स्वाभाविक नै हो’, पाण्डेले भने, ‘कांग्रेसभित्रका विभिन्न व्यक्तिहरूले असन्तुष्टि र फरक धारणा राख्नु पनि उनीहरूको नेचर अनुसार स्वाभाविक नै हो । तर कांग्रेस सभापति शेरबहादुर देउवा सहमतिमा दृढ हुनुहुन्छ । मेरो विचारमा सभापतिको हिसाबले उहाँ यताउता नभएसम्म यो सरकार ढल्दैन ।’

उनले सभापति देउवामै विचलन आएमा अरू कसैले केही भने पनि सरकार नटिक्ने पाण्डेको भनाइ छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकार प्रभावकारी होस भन्ने कांग्रेस नेताहरूको भनाइलाई अन्यथा लिन नहुने बताए । ‘सरकारको काम प्रभावकारी होस्,गति बढाओस् भनेर आउने टिप्पणीलाई हामीले सकारात्मक रूपमै लिएका छौँ’, उपमहासचिव ज्ञवालीले भने, ‘त्यसलाई अन्यथा लिएका छैनौँ ।’

सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेस एमालेका शीर्ष नेताबिच दुई दलीय संयन्त्र बनेको भन्दै ज्ञवालीले कुनै समस्या भए संयन्त्रभित्रै छलफल गर्न सकिने बताए । ‘हामीले अनेकै तहमा संयन्त्र बनाएका छौँ । त्यो असल मनसायका साथ भनेको होला भन्ने बुझेका छौँ’, ज्ञवालीको भनाइ छ । एमालेले कांग्रेस नेताहरूको असन्तुष्टिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खेल्न खोजेको आशङ्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै