२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षकका माग सम्बोधन गर्न वर्षे अधिवेशन छिट्टै बोलाइएको हो : शिक्षा मन्त्री विद्या भट्टराई

२०८२, ३ बैशाख बुधबार १४:४४

काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकका माग सम्बोधन गर्न सरकारले संसदको वर्षे अधिवेशन छिट्टै आह्वान गर्ने निर्णय गरेको बताएकी छन् । मन्त्री भट्टराईले बुधबार भिडियो सन्देश जारी गर्दै शिक्षकका माग सम्बोधन गर्न संसद बैठक आह्वान गर्ने निर्णय गरेको बताएकी हुन् । ‘विधेयक छिटो पारित गरियोस् भन्ने मागलाई सम्बोधन गर्न हिजोको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते त्यही विषलाई सम्बोधन हुनुगरी संसद बैठक आह्वान गरेको छ,’ मन्त्री भट्टराईले भनेकी छन् ।

शिक्षकका अरु माग सम्बोधन गर्न पनि मन्त्रालयले सहजीकरण समिति बनाएर संवाद गरिरहेको उनले बताइन् । ‘शिक्षकसँग संवादमा छौं । मन्त्रालयको तर्फबाट सहजीकरण समिति निर्माण गरेर संवादमा लागेका छौं,’ उनले भनिन् । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् । सरकार र शिक्षक महासंघबीच पटक पटक संवाद भए पनि सहमति जुटेको छैन ।

सरकारले मन्त्रिपरिषद बैठकबाट शिक्षकहरुलाई आन्दोलन बन्द गरेर विद्यालय फर्किन आह्वान गरे पनि शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने अडानमा शिक्षकहरु छन् । शिक्षक तथा कर्मचारीमैत्री शिक्षा ऐन छिटो जारी गर्नुपर्ने उनीहरुको मुख्य माग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने