३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

९ महिनासम्म ६ सय ७६ विदेशीले नेपालमा श्रम स्वीकृति पाए

३ बैशाख २०८२, बुधबार १७:३७

काठमाडौँ | चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) सम्म ६ सय ७६ विदेशीले नेपालमा श्रम स्वीकृति पाएका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चैतमा मात्र ९० विदेशीले श्रम स्वीकृति लिएको देखिन्छ । नेपालबाट हरेक दिन २ हजार २ सय हाराहारी युवा वैदेशिक रोजगारीमा जाने गरेको तथ्यांक छ । नेपालमा भने विदेशी परियोजनामा बढी श्रमिक श्रम स्वीकृति लिएर आउने गरेका छन् ।

यसरी श्रम स्वीकृति लिनेमा चिनियाँ धेरै छन् । तथ्यांक अनुसार चैतसम्म १ हजार २ सय ३१ विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ । चैतमा मात्र १ सय ५० श्रमिकको श्रम स्वीकृति नवीकरण गरिएको विभागको तथ्यांक छ । यस अवधिमा प्रतिष्ठानमा काम गर्ने विदेशी श्रमिकले श्रम स्वीकृति लिए–नलिएको बारे २८ वटा अनुगमन गरिएको छ । चैतमा मात्र २ वटा अनुगमन गरिएको विभागले जनाएको छ ।

विभागले यस वर्ष ९ महिना अवधिमा श्रमिक आपूर्तिकर्ता इजाजतपत्र ४२ कम्पनीलाई प्रदान गरेको छ । ३ सय ४५ कम्पनीमा निरीक्षण भएको विभागले जनाएको छ । बालश्रमबारे २ हजार ५ सय ५५ वटा निरीक्षण गरिएको छ । श्रम कानुन पालना भए–नभएको बारे २ हजार ५ सय ८३ वटा निरीक्षण गरिएको समेत विभागले जनाएको छ । यस अवधिमा ३ सय ६२ वटा श्रम विवाद समाधान गरिएको छ । त्यस्तै २९ जना औद्योगिक दुर्घटनामा परेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’