२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तस्करीका दुई करोड रुपैयाँ भन्दा बढीका सुनचाँदीसहित ९ भारतीय पक्राउ

२०८२, ३ बैशाख बुधबार १७:५०

काठमाडौँ | तस्करीका दुई करोड रुपैयाँ भन्दा बढीका सुनचाँदीसहित प्रहरीले ९ भारतीयलाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धको टोली विभिन्न स्थानहरुबाट ९ भारतीयहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत महाराष्ट्र घर भइ जोरपाटी बस्ने ३० वर्षीय नबनाथ बाकु कसदी, २० वर्षीय सन्दीप पोपट हजारे, २२ वर्षीय अन्सार दिलावर सिकल्गार, १८ वर्षीय सुरज राजेश मदने, २१ वर्षीय अरमान हनिफ इनामदाय, २२ वर्षीय मनोज सुभाष सकट, ३८ वर्षीय अमोल कुमार गोस्ले, २० वर्षीय सुनिल मिटकरी र २० वर्षीय सुरज नन्दीवाली छन् ।

यो समूहले भन्सार छलीका र बिल बिजक बिनाका सुनको कारोबार गर्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । सुन रिफाइनिङ एण्ड टन्च हाउसबाट उनीहरुलाई सुनचाँदीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । जोरपाटी, कपन र चाबहिलको टन्च हाउसबाट १ किलो ७६.५१८ ग्राम सुन बरामद भएको छ । उक्त सुनको मु्ल्य १ करोड ७० हजार १० हजार ६० रहेको बताइएको छ ।

त्यसैगरी यी तीन ठाउँबाटै १८ किलो ४५.५२१ ग्राम चाँदी बरामद भएको छ । उक्त चाँदीको मुल्य ३० लाख भन्दा बढी रहेको बताइएको छ । नगद ८ लाख २७ हजार ५ सय नेपाली र ११ हजार ७ सय भारु बरामद भएको छ । पक्राउ परेकाहरुलाई आन्तरिक राजश्व विभाग हरिहर भवन पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन