३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तस्करीका दुई करोड रुपैयाँ भन्दा बढीका सुनचाँदीसहित ९ भारतीय पक्राउ

३ बैशाख २०८२, बुधबार १७:५०

काठमाडौँ | तस्करीका दुई करोड रुपैयाँ भन्दा बढीका सुनचाँदीसहित प्रहरीले ९ भारतीयलाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धको टोली विभिन्न स्थानहरुबाट ९ भारतीयहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत महाराष्ट्र घर भइ जोरपाटी बस्ने ३० वर्षीय नबनाथ बाकु कसदी, २० वर्षीय सन्दीप पोपट हजारे, २२ वर्षीय अन्सार दिलावर सिकल्गार, १८ वर्षीय सुरज राजेश मदने, २१ वर्षीय अरमान हनिफ इनामदाय, २२ वर्षीय मनोज सुभाष सकट, ३८ वर्षीय अमोल कुमार गोस्ले, २० वर्षीय सुनिल मिटकरी र २० वर्षीय सुरज नन्दीवाली छन् ।

यो समूहले भन्सार छलीका र बिल बिजक बिनाका सुनको कारोबार गर्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । सुन रिफाइनिङ एण्ड टन्च हाउसबाट उनीहरुलाई सुनचाँदीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । जोरपाटी, कपन र चाबहिलको टन्च हाउसबाट १ किलो ७६.५१८ ग्राम सुन बरामद भएको छ । उक्त सुनको मु्ल्य १ करोड ७० हजार १० हजार ६० रहेको बताइएको छ ।

त्यसैगरी यी तीन ठाउँबाटै १८ किलो ४५.५२१ ग्राम चाँदी बरामद भएको छ । उक्त चाँदीको मुल्य ३० लाख भन्दा बढी रहेको बताइएको छ । नगद ८ लाख २७ हजार ५ सय नेपाली र ११ हजार ७ सय भारु बरामद भएको छ । पक्राउ परेकाहरुलाई आन्तरिक राजश्व विभाग हरिहर भवन पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’