३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रातो मत्स्येन्द्रनाथको रथ निर्माण धमाधम

३ बैशाख २०८२, बुधबार १८:११

काठमाडौँ | अन्न र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ निर्माण धमाधम भइरहेको छ । रथ निर्माणमा पाटनका बाराही र ञवा गुठीका गुठीयार सहभागी हुन्छन् । बाराही गुठीका नाइके दिलकुमार बाराहीका अनुसार रथमा ञवा गुठीयारले लःसी, खम्बा, गलःसी र दाँयाबाँया काठ नहल्लियोस् भनेर चिरुवाको बेत र गोलो बेत नागको आकारमा कस्ने गर्दछन् भने बाराही गुठीयारले काठको काम गर्ने गर्छन् ।

परम्पराअनुसार १५ दिन भित्र बनाउनुपर्ने रथ निर्माण सम्पन्न भइसकेपछि अन्त्यमा धूपीले सजाउने गरिन्छ । त्यसपछि मत्स्येन्द्रनाथलाई वैशाख कृष्ण त्रियोदशीका दिन बौद्ध परम्पराअनुसार प्राणप्रतिष्ठा गराई पुरुष र नारी दुवैलाई गरिने दसकर्म गराइनेछ । दसकर्म सकिएपछि वैशाख शुक्ल प्रतिपदाको दिन पुल्चोकमा रथारोहण गराइन्छ । त्यसको चौथो दिनदेखि रथ यात्रा सुरु हुन्छ । यस वर्ष रथ जात्रा वैशाख १८ गते परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’