३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दराजले डीएफएलपी २०२५ सुरू गर्दै, ८ वैशाखदेखि आवेदन खुला

४ बैशाख २०८२, बिहीबार १२:५९

काठमाडौँ | दराजले दक्षिण एशियामा दराज फ्युचर लिडर्स प्रोग्राम (डीएफएलपी) २०२५ को औपचारिक सुरुवात गरेको छ। नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकामा सञ्चालित यो म्यानेजमेन्ट ट्रेनी कार्यक्रमले भविष्यका नेतृत्वदायी स्थानिय प्रतिभालाई पहिचान गरी ई-कमर्श क्षेत्रलाई समृद्ध बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

१५ महिने यो घुम्ती कार्यक्रम जुलाई २०२५ बाट सुरू हुनेछ। सहभागीले कम्पनीका मुख्य विभागहरूमा संरचित प्रशिक्षण, वरिष्ठ नेतृत्वको मार्गदर्शन र स्थानीय-अन्तर्राष्ट्रिय रणनीतिक टोलीसँग काम गर्ने अवसर पाउनेछन्। यो कार्यक्रमले व्यावहारिक अनुभव र सीप विकासमा जोड दिन्छ। डीएफएलपी २०२५ हालै स्नातक गरेका, शैक्षिक र विश्लेषणात्मक क्षमतामा अब्बल, उत्साही युवाहरूका लागि खुला छ। उम्मेदवारमा टिमवर्क, नेतृत्व सम्भावना, प्रभावकारी संवाद कौशल र अनुकुलनशीलता आवश्यक छ। आवेदन ८ वैशाखदेखि १४ दिनसम्म दराजको वेबसाइटमा रहेको करियर पेजमार्फत अनलाइनमा दिन सकिनेछ।

कडा छनोट प्रक्रियामार्फत देशभरका विश्वविद्यालयबाट योग्य युवाहरू छानिने कम्पनीले जनाएको छ। उनीहरूलाई प्रविधिनिर्भर वातावरणमा आवश्यक सीप, मार्गदर्शन र व्यवहारिक अनुभव प्रदान गरिनेछ।कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीलाई दराजमा नेतृत्वदायी भूमिका र दीर्घकालिन करियर अवसर प्राप्त हुनेछ। उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई आकर्षक पारिश्रमिक र पुरस्कारले सम्मान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’