३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपभोक्ता संरक्षण विभागले कोसेली छाला जुत्ता उद्योगलाई २ लाख जरिबाना तिरायो

४ बैशाख २०८२, बिहीबार १३:५०

काठमाडौँ | वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँको कोसेली छाला जुत्ता उद्योगलाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ । बुधबार विभागले नियमित अनुगमन अन्तर्गत ६ वटा उद्योग तथा फर्म अनुगमन गरेको थियो । सोही क्रममा काठमाडौँ महानगरपालिका–१६ मा रहेको उक्त उद्योगलाई २ लाख रुपैयाँ जरिबाना तिराइएको हो ।

उक्त उद्योगले आफ्ना उत्पादनमा एमआरपी सहितको लेबल नलगाएको पाइएपछि जरिबाना सहित बिक्री वितरणमा रोक लगाइएको विभागले जनाएको छ । विभागबाट अनुगमनमा गएको टोलीले नागार्जुन नगरपालिका–३ स्थित नेपाल जुत्ता फ्याक्ट्रीलाई सामान्य निर्देशन दिएको छ । यस्तै अन्य दुई फार्मेसीको बिक्री वितरणमा रोक लगाएको छ ।

काठमाडौँ–३१ स्थित सिउटिक्स फर्मा र क्युटिज फार्मेसी प्रालिले बिक्रीका लागि राखेका कस्मेटिकजन्य वस्तुहरूको नमुना संकलन र ती वस्तुको बिक्री रोक्का गरिएको छ । साथै, दुवै फार्मेसी पसललाई विभागले व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन पनि दिएको छ ।त्यसैगरी विभागले काठमाडौँ–१७ स्थित पशुपति ट्रेडिङ कन्सर्न र काठमाडौँ–२२ स्थित जनता केबुल इन्डस्ट्रिज प्रालिको रोक्का रहेको कारोबार फुकुवा गरेको छ ।

विभागले अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ उल्लंघन गरेको पाइएपछि सम्बन्धित व्यवसायीलाई आवश्यक निर्देशन तथा कारबाही गर्नुका साथै कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’