Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी बैठकमा शेरबहादुर देउवाले भने- सरकारको कार्यसम्पादनबारे प्रधानमन्त्रीसँग कुरा गर्छु

२०८२, ४ बैशाख बिहीबार १५:२२

काठमाडौँ | सत्तारुढ दल नेपाली कांग्रेसमा सरकारको कार्यसम्पादनप्रति नेताहरूले सार्वजनिक मञ्चबाट विरोध जनाउन थालेपछि सभापति शेरबहादुर देउवाले बिहीबार मन्त्रीसहित पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाए । बैठकमा सरकारका कामबारे महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दिएको अभिव्यक्तिमाथि संस्थापन समूहका पदाधिकारीले प्रश्न उठाए ।

पार्टी प्रवक्ता प्रकाशशरण महतले असन्तुष्टिका कुरा पार्टीभित्र राख्नुपर्ने बताए । ‘हामीले बाहिर राख्नेभन्दा सम्बन्धित संरचनामा कुरा राख्नुपर्‍यो, त्यहाँबाट आएका विषयमात्र बाहिर राख्नुपर्‍यो,’ आफूले राखेको भनाइबारे प्रवक्ता महतले शिलापत्रसँग भने, ‘हामीले भनेको कुरालाई उहाँहरूले महसुस गर्नुभएको छ ।’‘सरकारको पर्फमेन्स बेटर हुनुपर्छ । बढी समन्वय, सन्तुलन र तालमेल हुनुपर्छ भन्ने कुरा भयो । सशक्त माध्यमबाट डेलिभरी हुनुपर्छ र तालमेल हुनुपर्छ भन्ने कुरा साथीहरूले राख्नुभयो,’ महतले भने । नेताहरू विमलेन्द्र निधि र कृष्ण प्रसाद सिटौला बैठक सक्नुअघि नै निष्किएका थिए । सिटौलाले नयाँ कुरा केही पनि नभएको बताए । निधिले भने जनकपुरमा पूर्व निर्धारित काम भएकाले आफू पहिला नै बैठकबाट बाहिरिएको बताए ।

बैठकमा महामन्त्री गगन थापाले बाहिर बोल्दै आएका कुरा उठाएका थिए । सरकारले डेलिभरी दिन नसकेको, प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको प्रभाव रहेको, एमालेसँगको सहकार्यमा गलत कामको भारी बोक्न तयार नभएको लगायतका कुराहरू कांग्रेस नेताले उठाउँदै आएका छन् । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले बैठकमा सोही कुरा दोहोर्‍याएका थिए । जवाफमा सभापति देउवाले सरकारको डेलिभरीका बारेमा प्रधानमन्त्रीसँग कुरा गर्ने बताए । त्यस्तै, कांग्रेसबाट मन्त्री भएकाहरू र पदाधिकारीको समीक्षा बैठक राख्ने बताए । उनले गभर्नरमा गुणाकर भट्टको नियुक्ति हुन सक्ने संकेत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै