३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शंकर अधिकारीले शिक्षक आन्दोलनप्रति कुण्ठा राखेर भ्रम नछर्न पूर्वशिक्षक नेताहरूलाई आग्रह गरे

५ बैशाख २०८२, शुक्रबार ११:५४

काठमाडौँ | एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिका अध्यक्ष शंकर अधिकारीले शिक्षक आन्दोलनप्रति कुण्ठा राखेर भ्रम नछर्न पूर्वशिक्षक नेताहरूलाई आग्रह गरेका छन्। उनले आन्दोलनको सार्थक परिणाम निकाल्न चाहने हो भने विगतका सहमति कार्यान्वयनतर्फ लाग्नुपर्ने बताएका छन्।‘पूर्व शिक्षकनेताज्यूहरू, तपाईंहरू नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आन्दोलनलाई परिणाममुखी बनाउन चाहनुहुन्छ भने शिक्षक कर्मचारीको पक्षमा हुनुहुन्छ भने विगतमा तपाईंहरूले नै सरकारसँग गरेको सम्झौता कार्यान्वयनमा सहयोग गर्नुहोस्,’ काठमाडौँमा जारी १७ औं दिनको आन्दोलन प्रारम्भपूर्व अध्यक्ष अधिकारीले भने, ‘कुण्ठाग्रस्त भएर आन्दोलनको विरुद्ध भ्रम नछरौं।’

उनले शिक्षक महासंघ सार्थक वार्ताका लागि सधैँ तयार रहेको स्पष्ट पारे। अध्यक्ष अधिकारीका अनुसार हाल जारी आन्दोलन कुनै आकस्मिक वा सरकार वा कुनै नेताविरुद्धको राजनीतिक आन्दोलन नभई, शिक्षकहरूको शैक्षिक, पेसागत हकहितका विषयमा केन्द्रित आन्दोलन हो।‘विगतका सरकारहरूले शिक्षकहरूसँग गरेको सहमति प्रतिबिम्बित विद्यालय शिक्षा ऐन जारी गराउन गरिरहेको आन्दोलन हो,’ अध्यक्ष अधिकारीले भने, ‘यो विशुद्ध शैक्षिक, पेसागत र नीतिगत विषयमा आधारित आन्दोलन हो।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’