2026-07-04 02:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा सहितका राजावादी कार्यकर्ताहरु उश्रृंखल, सरकार, प्रहरी र पत्रकारको अपमान

काठमाडौँ | राष्ट्रिय प्रजानन्त्र पार्टी (राप्रपा) सहितका राजावादी कार्यकर्ताहरु उश्रृंखल भएका छन् । बिजुलीबजारमा भेला भएका राजावादीहरूले निषेधित क्षेत्र तोड्नका लागि आक्रामक भएका छन् । उनीहरु मर्नदेखि नडराउने भन्दै आक्रामक प्रदर्शन गरिरहेका छन् । उनीहरुले सरकारसँगै पत्रकारलाईसमेत गाली गरिरहेका छन् । उनीहरुले ‘झोले पत्रकारलाई कारबाही गर्नुपर्छ’ भनी सबै पत्रकारलाई गाली गरेका हुन् ।

उनीहरुले आफूहरुको पक्षमा मात्र समाचार लेख्नसमेत पत्रकारलाई भनेका छन् । राजावादीहरुले भ्रष्टाचारको विरोध गर्ने भन्दै भ्रष्टाचारको घेरा तोडेरै छाड्ने दाबीसमेत गरिरहेका छन् । सो क्रममा उनीहरुले प्रहरीलाई पनि गाली गरिरहेका छन् । सरकारलाई नभइ आफूहरुलाई सलाम ठोक्नुपर्नेसमेत भनी प्रहरीको अपमान गरेका हुन् ।

गणतन्त्रवादी सबैलाई उनीहरुले कारबाही गर्नुपर्ने बताए । उश्रृंखल नारा लगाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अपमानजनक शब्दहरुकोसमेत प्रयोग गरिएको छ । उनीहरुले राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन गरेका हुन् । तर एउटै ठाउँमा धेरै जम्मा हुनुको सट्टा विभिन्न निषेधित क्षेत्रमा भेला भएर निषेधित क्षेत्र तोड्ने प्रयास गरिरहेका हुन् । उनीहरुले आफ्ना पक्राउ परेका नेता रिहाइ गर्न माग गर्ने क्रममा प्रहरीमाथि दुर्व्यवहारसमेत गरिरहेका छन् । प्रहरीले संयमित हुन भन्दै बारम्बार माइकिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो