३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान

८ बैशाख २०८२, सोमबार १५:३९

काठमाडौँ | काठमाडौँको तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अनुसन्धान थालेको छ। सीआईबीले आर्थिक विषयमा अनुसन्धान अगाडी बढाएको सीआईबीका निमित्त प्रमुख चन्द्रकुवेर खापुङले बताए। प्रसाईंको खातामा अस्वभाविक शंकास्पद आर्थिक कारोबार देखिएपछि राष्ट्र बैंकले अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो। सोही पत्रका आधारमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

प्रसाईंलाई पक्राउ गरेरै अनुसन्धान गर्न सीआईबीले जिल्ला अदालतबाट पनि अनुमति लिइसकेको छ। प्रसाईं भने हाल जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। उनलाई तीनकुनेको घटनाका मुख्य योजनाकारका रुपमा प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीमाथि राज्यविरुद्धको कसुरसँगै आपराधिक उपद्रव र संगठीत अपराधमा अनुसन्धान गर्न म्याद लिएको प्रहरीले ज्यान मार्ने उद्योगमा पनि अनुसन्धान गरिरहेको छ। उनलाई भारतको आसामबाट प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको थियो। पहिलो पटक १२ दिन म्याद थप गरेको प्रहरीले अब तीन दिनपछि पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट