२०८२, २८ माघ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का

२०८२, ८ बैशाख सोमबार १६:२२

काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर भएको बताउनुभएको छ । मन्त्री खड्काले आज गृहजिल्ला सङ्खुवासभाका शिक्षकसँग आज यहाँ गरेको अन्तरक्रियामा आन्दोलनरत शिक्षकको जायज मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो । शिक्षकहरूले उठाएका मागहरू समाधान गर्न शिक्षामन्त्री, प्रधानमन्त्री तथा सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

“प्रधानमन्त्री, मन्त्री वा जुनसुकै तहको नेतृत्वमा पुग्दा शिक्षकको योगदान अविस्मरणीय छ, शिक्षकहरू सधँै सम्मानित र आदरणीय पात्र हुनुहुन्छ”, उहाँले भन्नुभयो । उहाँले संविधान निर्माणदेखि गणतन्त्र स्थापनासम्मको यात्रा शिक्षकको योगदान महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

“माओवादी जनयुद्ध, विभिन्न द्वन्द्व, भूकम्प, कोरोना महामारी तथा विश्वव्यापी आर्थिक असन्तुलनका समयमा शिक्षक मात्र होइन, सम्पूर्ण राष्ट्र प्रभावित भयो, अहिलेको आर्थिक सुधारको चरणमा शिक्षकको आन्दोलनले विकासमा अवरोध पु¥याउन सक्छ, त्यसतर्फ पनि सरकारले हेर्नुपर्ने अवस्था छ,” मन्त्री खड्काले भन्नुभयो ।

उहाँले मुलुक निर्माणमा सरकार पक्ष वा विपक्ष सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने भएकाले सबैले सघाउनुपर्ने बेला आएको बताउनुभयो । मन्त्री खड्काले ऐन संशोधनजस्ता विषयहरू कानुनी प्रक्रिया भएकाले ढिलो हुन सक्ने भएकाले विगतमा भएका सहमति कार्यान्वयनको प्रयासमा सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

वार्ता र छलफल नै समस्या समाधानको एकमात्र उपाय हो, शिक्षकहरूको आन्दोलन जायज भए पनि सडक आन्दोलनको अवस्थामा गणतन्त्र विरोधी शक्तिहरूले फाइदा उठाउन सक्ने सम्भावनालाई आन्दोलनरत पक्षले पनि विचार गर्नुपर्ने उहाँको भनाइ थियो । मन्त्री खड्काले आन्दोलनका कारण विद्यार्थीहरू शिक्षाबाट वञ्चित नहोस् भन्ने चिन्तामा सरकार रहेको बताउनुभयो । आन्दोलनलाई वार्तामार्फत समाधान गर्न आन्दोलनरत पक्षलाई उहाँले आग्रह गर्नुभयो । पुनः आग्रह गर्नुभयो ।

नेपाल शिक्षक सङ्घ कोशी प्रदेशका अध्यक्ष तेजप्रसाद चौलागाईंले शिक्षकहरूको मागलाई सरकारले बेवास्ता गर्न नहुने भन्दै मन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले २० दिनदेखि शिक्षकहरू मर्यादित तरिकाले सडक सङ्घर्षमा रहेको भन्दै सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त