६ जेष्ठ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जनजाति समुदायलाई संविधानले पर्याप्त अधिकार दिएको छ’

१० बैशाख २०८२, बुधबार १६:२२

काठमाडौँ | सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिको सन्दर्भमा संविधानले पर्याप्त अधिकार दिएको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आयोजित आदिवासी जनजातिको मुद्दासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय स्थायी मञ्चको २४औँ सत्र ट्वान्टी फोर्थ सेसन अफ द युनाइटेड नेसन्स पर्मानेन्ट फोरम अन इन्डीजीनियस इस्यु (युएन–पिएफ आइआई)को सम्मेलनमा आज मन्त्री गुप्ताले सो कुरा बताउनुभएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँले आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घको घोषणापत्रका सिद्धान्तहरू अपनाएको बताउँदै ती सिद्धान्तहरू आदिवासी समुदायको न्याय, समानता र मान्यतालाई प्रवर्द्धन गर्न आधारभूत रहेको पनि उल्लेख गर्नुभएको प्रवक्ता पराजुलीले बताउनुभयो ।

“नेपालको संविधानले आदिवासी समुदायको अधिकारको सुनिश्चत गरेको छ । समानुपातिक प्रतिनिधित्व र आरक्षण प्रणालीको सुरुआतसँगै, देशको राजनीतिक र प्रशासनिक दुवै क्षेत्रमा आदिवासी जनजातिको प्रतिनिधित्व बढ्दै गएको छ”, उहाँले भन्नुभएको छ ।

सोह्रौँ आवधिक योजनाले आदिवासी जनजातिको समावेशीकरण र सशक्तीकरण, सामाजिक न्याय र समतामूलक विकास सुनिश्चित गर्ने मन्त्री गुप्ताले बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँले भन्नुभयो, “आदिवासी बालबालिकालाई उनीहरूको मातृभाषामा अध्ययन गर्ने अवसर प्रदान गरेको छ, नेपालको कानुनले आदिवासी समूहको अधिकार र विशेषाधिकारको संरक्षण गर्दै भूमि र सम्पत्तिको सामुदायिक स्वामित्वलाई समर्थन गरेको छ ।”

मन्त्री गुस्ताले सरकारले लोपोन्मुख आदिवासी समूहहरूको लागि मासिक भत्तासहित सामाजिक सुरक्षा अनुदान प्रदान गरेको सामुदायिक संलग्नता सुनिश्चित गर्दै प्रमुख परियोजनाहरू छनोट गर्दा निःशुल्क, पूर्व र सूचित सहमति अभ्यासहरू लागू गरेको, आइएलओ महासन्धि १६९ को पक्षका रूपमा नेपालले आदिवासी जनजातिहरूको पहिचान, भाषा र संस्कृति संरक्षण गर्न प्रतिबद्ध रहेको पनि बताउनुभएको प्रवक्ता पराजुलीले जानकारी दिनुभयो ।

मन्त्री गुप्ताले आदिवासी अधिकार प्रवर्द्धन गर्ने यी पहलहरू र उत्कृष्ट अभ्यासहरूको बाबजुत स्वास्थ्य, शिक्षा, सम्मानजनक काम, आर्थिक अवसरहरू र अन्य परिणामहरू प्रदान गर्ने सन्दर्भमा महत्त्वपूर्ण चुनौतीहरू बाँकी रहेकाले नेपाल अन्तरराष्ट्रिय समुदायलाई यी क्षेत्रहरूमा लगानी बढाउन र आदिवासी जनजातिहरूको सांस्कृति संरक्षण र प्रवर्द्धनका लागि सहयोग प्रदान गर्न आह्वान गर्नुभयो ।

आदिवासी समुदायको मर्यादा, कल्याण र सशक्तिकरण सुनिश्चित गर्न संयुक्त राष्ट्रसङ्घ र विश्वव्यापी साझेदारहरूसँग सहकार्य गर्न तयार रहेको मन्त्री गुप्ताको भनाइ थियो । उहाँले सबै आदिवासी समुदायको प्रगतिलाई अगाडि बढाउन र उज्ज्वल भविष्य सिर्जना गर्न सहकार्य र समन्वय गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यातायात र ऊर्जा क्षेत्रमा उच्च प्राथमिकतासहित बङ्गलादेशको विकास कार्यक्रम स्वीकृत हुम्ला विपद् : तत्काल राहतका लागि पहल गरिने प्रधानमन्त्रीद्वारा नेपाली महिला खेलाडीलाई बधाई तोकिएकै समयमा आयोजना सम्पन्न गर्नेतर्फ मन्त्रालय सजग छः मन्त्री दाहाल कमला ह्यारिसका सेलिब्रेटीको समर्थनबारे जाँच गर्न ट्रम्पको आह्वान कांग्रेसलाई भाग्ने ठाउँ नभएको र अब गभर्नर देखि प्रधानमन्त्री हाम्रो, जताततै हामी : महामन्त्री थापा इन्डोनेसियाको पूर्वी क्षेत्रमा रहेको सुन खानीमा पहिरो जाँदा छ जनाको मृत्यु, १४ बेपत्ता चीनसँग डेनमार्कको ‘खुला’ छलफल रेशमलाई पक्राउ गर्न पत्र लेख्ने शाखा अधिकृत विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत सरकारी सञ्चारमाध्यमहरुले नेताको प्रचार नगर्नु, विकासको चर्चा गर्नु : सञ्चारमन्त्री गुरुङ सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै विश्व स्वास्थ्य संगठनद्वारा नेपाल पुरस्कृत रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ परराष्ट्रमन्त्रीसँग युरोपियन युनियन आबद्ध राजदूतहरूको शिष्टाचार भेट पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री र कांग्रेस सभापति देउवाविच भेट हुँदै सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री