३ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गभर्नर नियुक्तिमा ढिलाइ गर्न हुन्न : कांग्रेस प्रवक्ता महत

११ बैशाख २०८२, बिहीबार १८:१३

काठमाडौँ | नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ गर्न नहुने बताउनुभएको छ । बिपी चिन्तन प्रतिष्ठान र संसदीय अध्ययनन तथा विकास संस्थापनले आज आयोजना गरेको ‘आगामी बजेटका प्राथमिकताहरु’ विषयक विशेष अन्तरसंवाद कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका डा महतले राजनीतिक पूर्वाग्रह नराखी योग्य र व्यावसायिक व्यक्तिलाई गभर्नर नियुक्त गरिनुपर्ने धारणा राख्न्ुभयो ।

“गभर्नर नियुक्तिमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण कुरा हो”, प्रवक्ता डा महतले भन्नुभयो, “जसले निरपेक्ष भावले अर्थतन्त्रलाई केन्द्रमा राखेर काम गर्छ त्यस्तो व्यक्तिलाई गभर्नर नियुक्त गर्नुपर्छ ।” आगामी आर्थिक वर्षको बजेट सन्तुलित र अनुशासित हुनुपर्नेमा जोड दिँदै प्रवक्ता डा महतले भन्नुभयो– “बजेट वर्षभरिको आम्दानी र खर्चको विवरण हो । आम्दानी खर्च जुटाउने, स्रोतको सुनिश्चितता हुने र हाम्रा आवश्यकता तथा प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छ ।” मौद्रिक नीति र वित्त नीतिलाई लयमा लैजानुपर्ने उहाँको भनाइ थियो ।

प्रवक्ता डा महतले प्रशासनिक खर्च घटाएर पुँजीगत खर्च बढाउनेगरी बजेट व्यवस्थापन हुनुपर्ने सुझाव दिनुभयो । देखाउनकै लागि ठूलो बजेट ल्याइने गरेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “आम्दानी स्रोतको सुनिश्चितता हुनुपर्छ । पुँजीगत खर्च बढाउनुपर्छ, त्यसैले बजेट लोकप्रय हैन अनुशासित हुनुपर्छ । प्राथमिकीकरणका आधारमा बजेट बनाइनुपर्छ ।” सामाजिक सुरक्षा, शिक्षा, पर्यटन, सूचना प्रविधि, उत्पादनमूलक क्षेत्र आदिलाई बजेटले प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।

नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले मुलुकको विद्यमान आर्थिक अवस्थालाई सुधार्नेगरी आगामी बजेटले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “देशको आर्थिक अवस्था लचिलो भएको छ । स्रोतसाधनको सही उपयोग गर्न आम्दानीभन्दा खर्च बढी छ । ऋणले खर्च धान्नुपरेको छ, यो अवस्थालाई सुधार्न बजेटले ध्यान दिनुपर्छ ।”

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले प्रतिफल दिने क्षेत्र र मुख्य पूर्वाधार सम्पन्न हुनेगरी बजेट विनियोजन गरिनुपर्ने बताउनुभयो ।

“क्षमता विकासमा लगानी गरिनुपर्छ, ठूला जलासययुक्त आयोजनामा लगानी बढाउनुपर्छ”, उहाँले भन्नुभयो, “निजी क्षेत्रमैत्री लगानीको वातावरण सिर्जना गर्दै आयात प्रतिस्थापन, फजुल खर्च रोक्नेजस्ता विषयलाई बजेटले प्राथमिकता दिनुपर्छ ।”

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा पुष्पराज कँडेलले अर्थतन्त्रलाई सही मार्ग दिन नीतिगत र संरचनागत सुधार जरुरी भएको औँल्याउनुभयो । “संरचनागत समस्याले बजेट संयन्त्र कमजोर हुने गरेको छ”, उहाँले भन्नुभयो, “बजेटमार्फत प्राथमिकता प्राप्त आयोजनामा लगानी गरिनुपर्छ । शिक्षाको गुणस्तर अभिवृद्धि र कृषि उत्पादन प्रवद्र्धनका विषयलाई प्राथमिकता दिनुपर्छ ।”

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बजेट परम्परागत हुने गरेको उल्लेख गर्दै आर्थिक क्षेत्रलाई चलायमान हुनेगरी प्राथमिकता प्राप्त आयोजना समेटिनुपर्नेमा जोड दिनुभयो । उहाँले बजेट स्रोतको सुनिश्चितता हुनेगरी सन्तुलित र पूर्वाधारमा लगानीयोग्य हुुनुपर्ने सुझाव दिनुभयो । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले विकासको सूचकलाई सम्बोधन हुनेगरी बजेट ल्याइनुपर्ने बताउनुभयो । उहाँले सामाजिक सुरक्षाको सुनिश्चिता तथा पुँजीगत खर्च गर्ने क्षमता बढाएर निजी क्षेत्रलाई प्रोत्साहित गर्नेगरी खर्च गर्ने क्षमता बढाउनुपर्ने सुझाव दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले राजनीतिक नेतृत्वमा आध्यात्म ज्ञान र नैतिकता जरुरी भएको खाँचो औँल्याउनुभयो । संसदीय अध्ययन तथा विकास संस्थापन समितिका महासचिव रुद्र शर्माले बजेट यथार्थ र तथ्यपरक ढङ्गले ल्याइनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऊर्जामन्त्री खड्का र युएईका सहायक विदेशमन्त्रीबीच भेटवार्ता सगरमाथा संवाद : परिकल्पनाको आठ वर्षपछि साकार भएको विश्व मञ्च गाजामा धेरै मानिस भोकमरीमा छन् : ट्रम्प युक्रेनमा शान्ति कायम गर्नका लागि बेवास्ता गरेकोमा पुटिनले मुल्य चुकाउनु पर्छ: स्टार्मर प्रथम महिलाले सगरमाथा आरोहण गरेको ५० वर्ष पूरा जतिसक्दो छिट्टै पुटिनलाई भेट्न चाहन्छौँः राष्ट्रपति ट्रम्प मिश्रको बहस सकियाे ,आदेश आउन बाँकी गाजामा अब क्यान्सरको उपचार असम्भब :डब्लुएचओ अमेरिकाद्वारा संयुक्त अरब इमिरेट्ससँग २०० अर्बको सम्झौता परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता नेपाललाई भारतको २ वटा बन्दरगाहबाट सबै सामान ल्याउन छुट प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट अब आवेदन दिएको दुई घण्टाभित्रै श्रम स्वीकृति द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता रवि र छविलाई सुनुवाइको जानकारी चाँडो पठाउनु :उच्च अदालत देउवा र माओवादीका उपमहासचिव शर्माबीच भेटवार्ता, समसामयिक विषयमा छलफल