२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग

२०८२, १६ बैशाख मंगलवार १२:१२

काठमाडौँ | महिला सेवा संस्थाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई दोस्रो संशोधन गर्न बनेको विधेयकमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र अपाङ्ग¬ता भएका व्यक्ति क्लटरलाई अन्यभित्र समावेश गर्न र निर्वाचन खर्चलाई मितव्ययी बनाउन सुझाव दिएको छ । साथै सस्थाले युवा तथा अन्य समूहलाई सुरुदेखि नै मूलधारको राजनीतिमा समावेश गर्न आवश्यक भएकाले पार्टी दर्ता गर्दा केन्द्रीय समिति र प्रदेश समितिमा विधेयकमा थप्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई दोस्रो संशोधन गर्न बनेको विधेयकमाथि सो सस्थाले सोमबार सुझावपत्र बुझाउँदै सो आग्रह गरको हो ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीलाइ संस्थाका अध्यक्ष भावना भट्टसहितको टोलीले आयोगलाई सस्थाले तयार पारेकोे राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई दोस्रो संशोधन गर्न बनेको विधेयकमाथि सुझावपत्र बुझाएको हो ।

सो अवसरमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन विधेयक र राजनीतिक दलसम्बन्धी विधेयक अन्तरसम्बधित रहेको र दुवैमा सुझाव महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले दुवै विधेयक गृह मन्त्रालयमा रहेको जानकारी दिँदै आगामी दिनमा हुने छलफलमा यी सुझावलाई महत्वका साथ राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निर्वाचन आयोगका आयुक्त डा जानकी तुलाधारले संविधानले व्यवस्था गरेअनुसार सबै कानुनमा व्यवस्था गर्ने र राजनीतिक दलसम्बन्धी ऐनमा दल दर्ता गर्दा ३३ महिलामात्र नभएर सबै संरचनामा ३३ प्रतिशतसहित समावेशी बनाउनुपर्ने बताउनुभयो ।

महिला सेवा संस्थाका अध्यक्ष भट्टले दुवै विधेयक बृहत् छलफल गरी छिटो अगाडि बढाएर २०८४ को निर्वाचनमा कार्यान्वयनमा ल्याउनुपर्ने र दुवै विधेयकलाई गृह मन्त्रायले सरोकारवाला निकायसँग गहन छलफल गराउनुपर्ने बताउनुभयो ।

तीन महल सुझावहरूमा दुई पदमा भएको महिला हुनुपर्ने, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र अपाङ्ग(ता भएका व्यक्ति क्लटरलाई अन्यभित्र स्पष्ट राख्न पनि सुझाव दिएको छ ।
निर्वाचन आयोगले सुझाव माग गरेअनुसार संस्थाले विभिन्न क्लटरहरू (राजनीतिक दलका अगुवा नेताहरु, राजनीतिक दलका महिला सङ्गठनका नेतृहरू, नागरिक समाजका प्रतिनिधि, आदिवासी जनजाति समुदाय, अपाङ्ता भएका समुदाय, दलित अधिकारकर्मी, यौनिक तथा अल्पसङ्ख्यक समुदाय)सँग छलफल गरी सुझाव तयार पारेको जनाएको छ ।

युवा तथा अन्य समूहलाई सुरुदेखि नै मूलधारको राजनीतिमा समावेश गर्न आवश्यक भएकाले पार्टी दर्ता गर्दा केन्द्रीय समिति र प्रदेश समितिमा थप्नु आवश्यक ठानिएको सुझावमा छ । केन्द्रीय पदाधिकारी तथा कार्यसमितिमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक ठानिएको र विधेयकमाथि संशोधन गर्न जरुरी ठानिएको विषयलाई तीन महलेमा प्रष्ट रूपमा राखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी