२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित

२०८२, १६ बैशाख मंगलवार १५:२३

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८१’लाई पारित गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गर्नुभएको सो विधेयकलाई सर्वसम्मतिले पारित गरिएको हो ।

त्यसअघि सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौरसियाले कतिपय ऐनमा रहेको प्राविधिक तथा आनुसाङ्गिक त्रुटी सुधार गर्ने उद्देश्यले ८९ ऐन संशोधन र दुई ऐन खारेजको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । उहाँले यो विधेयक ऐनका रूपमा कार्यान्वयनमा गएपछि विकास निर्माणको काम थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

सांसदद्वय पूर्णबहादुर घर्ती मगर र प्रेम सुवालले विधेयकका विभिन्न पाटा र पक्षका बारेमा जिज्ञासा राख्दै सहज कार्यान्वयनको आधार पेस गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १९ गते दिउँसो ३ः०० बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने