२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राससका उपसम्पादक बस्नेत सम्मानित

२०८२, १७ बैशाख बुधबार १८:०३

काठमाडौँ | राष्ट्रिय समाचार समिति (रासस)का उपसम्पादक कमलकुमार बस्नेत सम्मानित हुनुभएको छ । १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा आज यहाँ आयोजित समाजवादी ट्रेड युनियन महासङ्घ नेपालको चौथो महाधिवेशनको अवसरमा बस्नेतलगायतका सञ्चारकर्मीलाई सम्मानपत्र प्रदान गरिएको हो ।

सम्मानित हुने अन्य सञ्चारकर्मीमा न्यून २४ का नवराज चालिसे, रातोपाटी डट कमका राजकुमार सिग्देल, अन्नपूर्ण पोष्ट दैनिकका राधा खनाल, कान्तिपुर टेलिभिजनका सुमन पन्थ र मेगा टेलिभिजनका कृष्णनन्द भट्ट रहनुभएको छ । विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय भएका सञ्चारकर्मीलाई सम्मान गरिएको महासङघले जनाएको छ ।

त्यसअवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिम्खडाले सबै क्षेत्रका मजदुर एकजुट हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । सरकारले मजदूरहरुलाई सहुलियत रुपमा रासन कार्ड उपलब्ध गराउनुपर्ने माग उहाँले गर्नुभयो । उहाँले २०८२ साल तलब बढाउने वर्ष भएको उल्लेख गर्दै न्यूनतम पारिश्रमिक मासिक रु ३० हजार बनाउन आवश्यक भएको र यसमा सबैको साथ जरुरी भएको बताउनुभयो ।

समाजवादी ट्रेड युनियन महासङघ नेपालका अध्यक्ष नवराज दाहालले सबै क्षेत्रका मजदुर एकजुट हुन आवश्यक रहेकाले मजदुरका माग र अधिकारको रक्षाका लागि सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठलगायतका सरोकारवालाले श्रमिकहरुको महत्व तथा हक र अधिकारबारे चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने