२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कमल थापाले संघीय धर्म निरपेक्ष गणतन्त्र भ्रष्टहरू उत्पादन गर्ने कारखानामा परिणत भएको आरोप लगाए

१८ बैशाख २०८२, बिहीबार १६:१५

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संघीय धर्म निरपेक्ष गणतन्त्र भ्रष्टहरू उत्पादन गर्ने कारखानामा परिणत भएको आरोप लगाएका छन्। अहिलेको व्यवस्थाबाट देशमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नभएको भन्दै थापाले उदास, हतास र निरासालाई चिर्न व्यवस्था परिवर्तन जरुरी भएको बताए । १६३ औं श्रमिक दिवसको अवसरमा आज राप्रपा नेपालमा आबद्ध मजदुर संगठन टुकोनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सम्पूर्ण राजावादी, हिन्दुवादी एक हुनुपर्ने अहिले समयको माग भएको समेत स्पष्ट पारे ।

वर्षा मौसम सुरु हुनु अगावै हामीले आन्दोलनको वातावरण निर्माण गर्नुपर्ने भन्दै थापाले समान बिचार भएकाहरू सबैले साझा मोर्चा बनाएर अघि बढ्न ढिला गर्नु नहुनेमा जोड दिए। सम्पूर्ण श्रमिकहरूमा बधाई शुभकामना दिँदै थापाले राप्रपा नेपाल सदैव श्रमिकको हक हितको पक्षमा रहेको समेत स्पष्ट पारे । कार्यक्रममा तारानाथ लुइँटेल, तेज कुरुङवाङ्ग, यबती कार्की, हिक्मतजङ्ग भण्डारी, अजेलिया रन्जितकार लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव