२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राहत शिक्षकहरूले सरकारसँग भएको सहमतिको स्वागत गरे

२०८२, १८ बैशाख बिहीबार १६:२८

काठमाडौँ | राहत शिक्षकहरूले सरकारसँग भएको सहमतिको स्वागत गरेको छ । बुधबार नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयबिच ९ बुँदे सहमति भएको थियो । उक्त सहमतिमा विद्यालय कर्मचारीहरूले विरोध जनाइरहेका बेला राहत शिक्षकहरूले सहमतिको स्वागत गरेका हुन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष नविनसिंह धामीले महासङ्घ र सरकारबिच भएको सम्झौता तथा शिक्षा ऐन जारी गर्ने सन्दर्भमा भएका लिखित प्रतिबद्धतालाई स्वागत गर्ने बताए ।

त्यसका लागि आज समितिको बैठक बसेको थियो । बैठकले उक्त सहमतिलाई स्वागत गर्ने निर्णय गरेको हो । विद्यालय शिक्षा ऐनमा आफूहरूको स्थायित्वको लागि २०८० असोज १२ गते भएका सम्झौता अनुसार प्रबन्ध गर्न लबिङको कामलाई अगाडि बढाउने समेत निर्णय भएको हो । आजैदेखि लबिङको कामलाई तीव्रता दिनुका साथै सबै राहत शिक्षकहरूलाई विद्यालय फर्कने निर्णय भएको अध्यक्ष धामीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने