२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार महासङ्घद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

१८ बैशाख २०८२, बिहीबार १७:२०

काठमाडौँ | नेपाल पत्रकार महासङ्घले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । विश्वभर हरेक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन्छ ।

सोही अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्यमा महासङ्घको केन्द्रीय कार्यालयमा नसर्ने रोगको परीक्षण गरिएको हो । शिविरमा बिएमआइ (बडी मास इन्डेक्स), उच्च रक्तचाप, मधुमेह, मृगौलासम्बन्धी जाँच गरिएको थियो । पाठेघरको मुखको स्क्रिनिङ भने नाम टिपाएकाहरुले पायक पर्ने सरकारी अस्पतालमा गर्न सकिने आयोजकले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मानिसको व्यस्तता बढेसँगै जीवनशैलीमा परिवर्तन आएका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “नसर्ने रोग रोकथाम गर्न सकिने रोग हो । बेलैमा रोकथाम गर्न सके पछि जटिल रोग लाग्दैन । स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ । शारीरिक र मानसिक स्वास्थ्य दुवै महत्वपूर्ण छ ।”
जनस्वास्थ्य कार्यालय, काठमाडौँका प्रमुख वसन्त अधिकारीले नियमित व्यायाम तथा स्वस्थ खानपानमा ध्यान दिँदा नसर्ने रोगबाट बच्ने सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली समाजमा हेर्ने हो भने मोटोपन, मधुमेह, हाइपरटेन्सन बढ्दो छ । नसर्ने रोगको नियन्त्रणमा सबै लाग्नुपर्छ ।”

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले समाचारलाई पहिलो प्राथमिकतामा राख्ने पत्रकारहरुले स्वास्थ्यको ध्यान सोचेजस्तो राख्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारहरु असुरक्षित वातावरण तथा भौतिक आक्रमणको सामना गरिरहेका हुन्छन् । तथापी जहिल्यै पनि समाचारलाई पहिलो प्राथमिकतामा राख्छन् । स्वास्थ्यप्रति सजग हुनुपर्छ भनेर थाहा हुँदाहुँदै पनि नियमित परीक्षण गरिरहेका हुँदैनन् । स्वास्थ्यप्रति सचेतना फैलाउन यो शिविर आयोजना गरेका हौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव