२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विकास र समृद्धिको नेतृत्व एमालेले गरिरहेको छः महासचिव पोखरेल

२०८२, १८ बैशाख बिहीबार १७:३९

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेले निरन्तर नेतृत्व गरिरहेको बताउनुभएको छ । अन्तरराष्ट्रिय श्रम दिवसका अवसरमा आज नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले एमालेले ल्याएको विकासको अवधारणले नै मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको बताउनुभएको हो ।

“एमालेले ल्याएका सामाजिक सुरक्षाका कार्यक्रमले देशमा धनी र गरिबबीचको खाडल पुरिएको छ, हामीले छोटो समयमा समानताको यात्रा तय गरेका छौँ”, उहाँले भन्नुभयो ।
मुलुकको अर्थतन्त्र विकासमा सबैभन्दा बढी भूमिका श्रमजीवी वर्गको रहेको उल्लेख गर्दै महासचिव पोखरेलले श्रमजीवि वर्गलाई सङ्गठित गर्ने र उनीहरुलाई अधिकार प्रदान गर्ने आन्दोलनको नेतृत्व जिफन्टले गरेको बताउनुभयो । “जति बेला एमाले सरकारमा पुग्छ, त्यति बेला श्रमजीवि वर्गको हकको पक्षमा कानुन र कार्यक्रम ल्याउने गरेको छ”, महासचिव पोखरेलले भन्नुभयो ।

एमाले मुलुकको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा निरन्तर लागिरहेको उहाँको भनाइ थियो । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री हुँदा अघि सारेको नेपालको परराष्ट्र नीति र विकास नीति परम्परागत सोचभन्दा फरक रहेका समेत उहाँले उल्लेख गर्नुभयो ।

महासचिव पोखरेलले देशमा सोचेजस्तो विकास हुन नसकेको उल्लेख गर्दै विदेश जाने युवालाई रोकेर मुलुकको उत्पादनमुलक क्षेत्रमा आबद्ध गराउनुपर्ने धारणा राख्नुभयो । “प्रतिगामी मण्डलेहरूले परिवर्तनप्रति अनास्था पैदा गर्ने काम गरिहरेका छन्”, महासचिव पोखरेलले भन्नुभयो, “त्यसको श्रमजीवी वर्गले प्रतिवाद गर्नुपर्छ, मुलुकको समृद्ध लोकतन्त्रको रूपमा विकास गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने