२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुकुमबासी समस्या समाधान गर्न भूमि ऐन शीघ्र जारी हुनुपर्छः विष्णुकुमार कार्की

२०८२, १९ बैशाख शुक्रबार ११:०५

काठमाडौँ | नेपाली कांग्रेसका नेता विष्णुकुमार कार्की प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । उहाँ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो । रासस समाचारदाता सुशील दर्नालले सांसद कार्कीसँग गर्नुभएको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

सरकारले ल्याएको ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ ले संसद्मा प्रवेश नै पाएन । यो अध्यादेश नबन्दा तराईका डोम र मुसहर समुदाय यतिकै खुला चौरमा बसेका छन् । कम्तीमा उनीहरूलाई छ धुर मात्रै जग्गा दिन सकियो भने उनीहरू मेरो सम्पत्ति हो भने बस्न पाउँथे । तर यो अध्यादेश आउँदा अहिले सरकारमा भएको दलले लोकप्रियता ल्याउँछ भनेर केही दलका साथीहरूले उच्चारण नै गर्न मान्नुहुन्न । गरिब जनताले आफ्नो बास पाउने सवालमा प्रतिपक्ष दलले विरोधभन्दा पनि समर्थन गरेर अध्यादेश ल्याउनुपर्छ । समाजको सबैभन्दा पिँधमा रहेको दलित, मुसहर चार धुरमा बसेको छ । अध्यादेश सदनबाट पास हुन नसक्दा गरिब जनताले जग्गा पाउन सकेका छैनन् । त्यसकारण संसद्बाट कति वटा कानुन पास भएभन्दा पनि जनताको पक्षमा कति काम भयो भन्ने महत्वपूर्ण कुरा हो । यो अध्यादेश पास हुन नसक्दा धेरै जनतालाई मार परेको छ । त्यो कुरा सबै राजनीतिक दलले बुझ्न जरुरी छ । यो अध्यादेश पास भएको भए कम्तीमा जनातले आफू बसिरहेको झुपडी मेरो हो भन्न पाउने थियो ।

प्रतिनिधिसभाले जति काम गर्नुपर्ने हो त्यति काम गरेकै छ । देशलाई आवश्यक कानुन पनि बनाउँदै लगेको छ । महत्वपूर्ण र मन्त्रालयलाई अति आवश्यक भएका कानुनको बारेमा संसद् र समितिहरूमा दफावार छलफलका क्रममा छन् । जनताको विषयवस्तुमा संसद्मा कुरा उठ्छ । सबै पूरा गर्नको लागि समय लाग्छ ।

म नवलपरासी जिल्लाबाट निर्वाचित सांसद हो । त्यहाँका जनताका अतिआवश्यक खानेपानी, सडक, तटबन्ध सिँचाइको विषयलाई मेरोतर्फबाट सकेको पहल गरिरहेको छु । आगामी वर्षको बजेटमा नवलपरासी जिल्लाको लागि रु छ अर्बको बजेट माग गरेको छु । तर त्यसको लागि राज्यको कोषमा पैसा पनि हुनुप¥यो । राज्यको कोषमा जति पैसा छ, त्यहीअनुसार वितरण गर्ने होला । राज्यले ढुकुटीमा जति छ, त्यहीअनुसार बाँडफाँट गर्ने हो ।

संविधान जारी भएको करिब १० वर्षको अवधिलाई समीक्षा गर्दा संविधानका केही व्यवस्था परिमार्जन गर्नुपर्ने छ । संविधानको कुन–कुन धारामा संशोधन गर्नुपर्ने हो, त्योअनुसार संशोधन हुन्छ । अर्को कुरा, संविधान संशोधन मैले एक्लै चाहेर मात्रै पनि हुँदैन । कुनै एउटा राजनीतिक दलले चाहेर मात्रै पनि हुँदैन । त्यसको लागि सबै दलबीच राष्ट्रिय सहमति हुनुपर्छ ।

सत्ता पक्ष दल वा प्रतिपक्ष दलको चाहाना संविधान केही मात्रामा संशोधन गर्नुपर्छ भन्ने विषय आएको छ । त्यसको लागि सबै राजनीतिक दलहरू एकै ठाउँमा आउनुपर्छ । हामीले संविधानमै उल्लेख गरेको समानुपातिक प्रणाली पिछडिएको वर्ग र जातिको लागि आवश्यक छ । जो प्रत्यक्ष निर्वाचनमार्फत आउन नसक्ने समुदायको निम्ति समानुपातिक प्रणाली ठीक छ । तर समानुपातिक अलि धेरै भयो कि भन्ने सवाल हो । जस्तो प्रदेश सरकारको आवश्यकता छैन भन्ने कुरा पनि आइरहेको छ । र अहिले प्रदेशबाटै काम हुने भएको छ । तर सङ्घलाई अलि छोटो र सानो आकारमा जानुपर्छ । प्रदेशको पनि मन्त्रालयको सङ्ख्या कम गर्नुपर्छ । पालिकाहरूलाई जोडर कम सङ्ख्या बनाउनुपर्ने छ ।

जनताले राज्यसँग धेरै अपेक्षा गरेको छ । त्यो अपेक्षा पूरा नभएपछि एक दिनमा हजारौँको सङ्ख्यामा युवाहरू विदेश पलायन भएका छन् । चीन समृद्ध देश हो । भारत समृद्धिको बाटोमा छ । यी देशको कति जनसङ्ख्या बाहिर गएको छ । र नेपालको जनशक्ति कति बाहिर गएको छ । त्यो बारेमा नेताहरूले तथ्य राख्नुपर्छ । नेपाली युवालाई बाहिरबाट फर्काउँछु भनेर नेताहरूले भन्दै आएको कुरा हो । त्यस्तो कुरा गर्नु महामुर्ख हो । अहिले भारत विश्वमा छ । अनि हाम्रा युवालाई किन नपठाउने । तर हाम्रो कृषि, जडीबुटी, उत्पादन गरेर क्यापेबल बनाउनलाई हाम्रै जनशक्ति पर्याप्त छ । सामान्य चुरा, मुसा त एकै ठाउँमा बस्न मान्दैन भने हामी त मानव हो । सबै प्राणीमध्येको चेतनशील र विवेकशील प्राणी मानव जाति हो । मानव जाति स्वभाविक रुपमा विश्व घुम्न खोज्छ । हाम्रो परिवारको ज्येष्ठ सदस्यलाई अमेरिका घुम्न जाने हो भन्ने हो भने जाने हो नै भन्नुहुन्छ । अनि विदेश जाने कुरामा युवालाई कसरी रोक्न सकिन्छ र ? हामीले हाम्रो आर्थिक अवस्थाले किन गति लिन सकेन भन्ने बुझ्नुपर्छ । पहिलो कुरा त हामी सानो देश हो । हामीसँग उत्पादन केही छैन । हामी नेपाली आत्मनिर्भर होइन, परनिर्भर छौँ । अर्को कुरा, सानो देशको सानै आर्थिक अवस्था छ ।

हाम्रो देश नेपाल लोकतान्त्रिक विधिबाट सञ्चालन भएको देश हो । लोकतान्त्रिक विधिमा नारा, जुलुस हुनु, समर्थन वा विरोध गर्नु स्वभाविक हुन्छ । भारत पनि एउटा प्रजातान्त्रिक मुलुक हो । विश्वमै जनसङ्ख्या धेरै भएको देश हो । त्यो देशमा पनि नारा जुलुस हुने भइरहेको हुन्छ । त्यहाँ पनि बेलाबेलामा आन्दोलन भइनै रहेको छ । विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या भएको लोकतान्त्रिक मुलुक हो भारत । त्यस कारण नेपालमा पनि नारा जुलुस हुनु लोकतान्त्रिक अधिकार हो । त्यसलाई ठूलो रुपमा लिनु आवश्यक छैन । त्यसकारण हामीले फन्टुस कुरा गर्नेभन्दा पनि आम जनताको भावनाअनुसार अगाडि बढ्ने हो । जनताले हामीले प्रतिनिधिको रुपमा संसद्मा पठाएको हो ।

हाम्रो देशमा स्थायी सरकार छैन । कम्तीमा पाँच वर्ष एउटै पार्टीले सरकार चलाउन पाए पो योजनाअनुसार काम गर्न पाउँछ । त्यहीअनुसारको प्रतिफल पनि आउँछ । कोही नेता नौ महिनाको लागि मन्त्री भयो भने उस्ले मन्त्रालय बुझ्दा नबुझ्दै कार्यकाल सकिन्छ । तर पाँच वर्षको स्थायी सरकार भयो भने मोडेल बनाएर काम गर्ने अवसर प्राप्त हुन्छ । उसँग पाँच वर्षको स्पष्ट योजना हुन्छ । तर यहाँ त मन्त्रीले यसो गछु, उसो गर्छु भन्दाभन्दै समय सकिन्छ । त्यो कुरा आमजनताले बुझेको छैन । सरकार मात्रै होइन, नागरिक समाज, बुद्धिजीवी, पत्रकार सबै त्यो कुरा जनतालाई बुझाउनुपर्छ । अहिलेको वर्तमान सरकार गठन भएको पनि नौ महिना मात्रै भएको छ । तर अहिलेनै सरकारको प्रतिफल खोजेर के आउँछ ? नौ महिनामा सरकारले जनतालाई के दिन सक्छ ? त्यसैले कम्तीमा पाँच वर्षको लागि सरकार बन्नुपर्छ ।

पहिलो कुरा अहिलेको सरकार अस्थायी सरकार हो । अर्को कुरा देशको आर्थिक अवस्था एकैचोटी सुधार हुने होइन । यो विस्तारै सुधार हुँदैन जाने कुरा हो । मैले राष्ट्रिय योजना आयोगको उपाध्यक्षलाई कृषिले देशको तीनदेखि साढे तीन प्रतिशत देशको अर्थतन्त्रको ग्रोथ समालेको छ भनेको छु । त्यसलाई अलि कति बढाएर पाँच प्रतिशत गराउन सकियो भने अन्यबाट तीन आउँदा आठ पुग्छ । तर यहाँ त ठूला लगानीमा रु तीन÷चार अर्ब सुनिश्चित गरेर राखिएको छ । चौबिसैँ घण्टा सिँचाइको व्यवस्था भयोभने किसानले वर्षमा तीन खेती लगाउँछ । त्यसो गरियो भने कम्तीमा छ महिनादेखि नौ महिनाभित्रमा प्रतिफल पाउन सकिन्छ । त्यस कारण कृषिबाट पाँच प्रतिशत ग्रोथ भयो भने अन्यबाट तीन प्रतिशत हुँदा त्यो आठ प्रतिशत पुग्छ । मित्रराष्ट्र चीन र भारतको पनि त्यही आठनौ प्रतिशत हो ।

देशको विकासको निम्ति सबै राजनीतिक दलहरू एकै ठाउँमा आउनुपर्छ । सक्षम सांसदसहितको पाँच वर्षको सरकार बन्नुपर्छ । हामीमा लोभ, पाप हुनुहुँदैन । अर्थतन्त्रलाई कुरी चलायमान बनाउने, स्वरोजगारलाई कसरी चलायमान बनाउने भन्ने मात्रै नेतामा स्वार्थ हुनुपर्छ । अहिले सरकारमा कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मात्रै भए पनि यही सरकारमा नेकपा (माओवादी केन्द्र) र मधेसवादी र अन्य दलहरू पनि आएर स्थायी सरकार बनाएर काम गर्नुपर्ने अहिलेको आवश्यकता हो । देश र जनताले दलहरूलाई एकापसमा झगडा नगरी देशलाई समृद्धिको बाटोमा अगाडि बढ्नुपर्छ भनिरहेको छ । यो नेपाली माटोको पनि माग हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ