२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्टाफ कलेज कोर्सले नेपाल प्रहरीको नेतृत्व निर्माणमा असल भूमिका खेल्ने : गृहमन्त्री लेखक

२०८२, २१ बैशाख आईतवार १४:०८

काठमाडौँ | गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण र प्रहरी संगठनलाई असल नेतृत्व प्रदान गर्ने व्यक्ति बनाउन सफल हुने विश्वास व्यक्त गरेका छन्। आइतबार बिहान काठमाडौँमा स्टाफ कलेज कोर्सको उद्घाटन गर्दै गृहमन्त्री लेखकले स्टाफ कलेज कोर्सले नेपाल प्रहरीको नेतृत्व निर्माणमा असल भूमिका खेल्नेमा जोड दिए।

‘आज नेपाल प्रहरीका लागि महत्वपूर्ण र ऐतिहासिक दिन पनि हो । राष्ट्रको सेवामा सर्मपित प्रहरीले गर्दै आएको कामकुरामा एउटा थप राम्रो कामको कुरामा यसलाई लिएको छु,’गृहमन्त्री लेखकले भने,’यो कोर्स लागू भएपछि सकारात्मक परिवर्तन आउनेमा आशावादी छु । यो आजको भोलि नै हुने कुरा होइन पाँच/दश वर्ष कुर्नु पर्ने हुनसक्छ ।’ उनले स्टाफ कलेज कोर्सले प्रहरीमा व्यवसायिकता, प्रतिवद्ध, पेशाप्रति इमान्दार र कामप्रति सर्मपित, सीप, ज्ञान, क्षमता र दक्षता भएको जनशक्ति उत्पादन हुनेमा आफूले विश्वास लिएको बताए। नेपाल प्रहरी पहिलो पटक स्टाफ कलेस कोर्स लागू गरिएको छ । २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएको ब्याचबाट यो कोर्स लागू गरिएको प्रहरीले जनाएको छ । २०७० को ब्याजबाट स्टाफ कलेजको परीक्षामा १७ जना उत्तिर्ण भएका थिए ।

प्रहरी सेवालाई आधुनिकीकरण गर्ने, नेतृत्व क्षमताको विकास गर्ने, र हाम्रा अधिकृतहरूलाई बदलिँदो सुरक्षा परिवेशसँग जुध्न सक्षम बनाउने एक रणनीतिक कदम पनि हो । नेपाल पुलिस स्टाफ कलेजले विस्तृत पाठ्यक्रममा प्रहरी कार्य सञ्चालन तथा प्रशासन, सार्वजनिक मामिला प्रशासन, अपराध अनुसन्धान तथा सुरक्षा अध्ययन, रूपान्तरणकारी नेतृत्व व्यवस्थापन, सुरक्षा अध्ययनका विविध आयामहरू, फरेन्सिक विज्ञान तथा फरेन्सिक चिकित्सा, विपद् तथा द्वन्द्व व्यवस्थापन लगायतका विषयहरू समावेश छन् । गृहमन्त्री लेखकले स्टाफ कलेज लागू गर्ने विषयमा लामो मेहनत भएको बताउँदै यसअघि गृहको कमाण्ड गरेका मन्त्री तथा प्रहरी प्रमुख र नेतृत्वदायी भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन समेत गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने