२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभाका सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

२०८२, २१ बैशाख आईतवार १४:३३

काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शून्य समयमा सांसद उदयबहादुर बोहराले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्ष्टिच्युट अफ इण्डस्ट्रीयल टेक्नोलोजी (केआइआइटी) मा छात्राबासको आफ्नै कोठामा मृत फेला परेकी छात्रा प्रिन्सा साहका बारेमा यथार्थ छानबिन गर्न आवश्यक पहलका लागि सरकारसँग माग गर्नुभयो । बेलायतको लण्डन विश्वविद्यालयमा अध्ययनरत सुशान्त ओलीको पनि निधन भएकाले यसको पनि वस्तुगत छानबिन गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद कृष्णप्रसाद पौडेलले आयात बढेर व्यापार घाटा भएको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमा व्यापार घाटा कम हुनेगरी बजेट निर्माण गर्न सरकारसँग माग गर्नुभयो । सांसद गोमादेवी तिमल्सिनाले देशमा सुशासन कायम हुन नसकेको भन्दै सरकारले सुशासन कायम गराउनुपर्नेमा जोड दिनुभयो ।

सांसद जयन्तीदेवी राईले बाल विवाहलाई कानुनले मान्यता नदिएको उल्लेख गर्दै अहिले पनि बालविवाह गरी सन्तान जन्मेर जन्मदर्ता नहुँदा बालबालिकाले पढ्न नपाउने गम्भीर समस्या आइरहेको बताउनुभयो । ती बच्चाको दोष नभएकाले उनीहरूले पढ्न पाउने व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । भारतको केआइआइटिटीको घटनाको यथार्थ विवरण आउनुपर्ने उहाँको भनाइ छ ।

सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशका केही जिल्लामा तरकारी तथा फलफूलका लागि उपयुक्त वातावरण रहेकाले खेती गर्ने वातावरण मिलाउन सरकारसँग माग गर्नुभयो । कर्णालीमा किशोरी अवस्थामा आमा बन्नेक्रम बढेर महिलाको समग्र विकासमा असर गरिरहेकाले सचेतनासँगै शिक्षाका लागि आवश्यक कार्यक्रम बनाउन माग गर्नुभयो ।

सांसद नारायणदत्त मिश्रले सुदूरपश्चिम प्रदेशको गेटा मेडिकल कलेजमा बनेको संरचना भूतबङ्गला बनेकाले त्यसलाई उपयोगमा ल्याउन माग गर्नुभयो । भारतको उडिसा राज्यस्थित भुवनेश्वरको केआइआइटी कलेजमा नेपाली छात्रा प्रिन्सा साह मृत फेला परेको घटनाका बारेमा यथार्थ छानबिन गर्न पनि उहाँले माग गर्नुभयो ।

सांसद भुवनराज सुनारले गत चैत १५ गते तीनकुनेमा भएको घटनामा सूक्ष्म व्यवस्थापन मिलाउने पूर्वराजा ज्ञानेन्द्र शाहलाई अहिलेसम्म पक्राउ गरेर किन कारबाहीको दायरामा नल्याएको भनी सरकारसँग प्रश्न गर्नुभयो ।

सांसद मदनकुमारी शाह (गरिमा) ले स्नातकसम्म राम्रोसँग मुलुकमा पढ्ने वातावरण मिलाउन माग गर्नुभयो । स्वदेशमा गुणस्तरीय शिक्षा लिनसक्ने वातावरण बनाए उडिसाको भुवनेश्वरमा रहेको केआइआइटी कलेजमा पटकपटक नेपाली छात्रा मृत फेलापर्ने समस्या नहुनेतर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मोहम्मद खालिदले प्रि–मनसुन सुरु भएसँगै राजमार्गमा समस्या हुन थालेकाले वर्षाअगावै मर्मतसम्भारको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद युवराज शर्माले वर्षाले जनधनको क्षति बढाउनसक्ने भएकाले विपद् जोखिम न्यून गर्नेगरी तयारी थाल्न माग गर्नुभयो ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले भारतको उडिसा राज्यस्थित भुवनेश्वरमा रहेको केआइआइटी कलेजमा नेपाली विद्यार्थीको जीवनमात्र नगई पटकपटक घटना दोहोरिन थालेकाले षड्यन्त्र भइरहेको हो वा के हो यर्थाथ बुझ्न आग्रह गर्दै यसमा निष्पक्ष छानबिन गर्न माग गर्नुभयो । प्रि–मनसुन सुरु भएसँगै बाटो अवरुद्ध हुन थालेकाले वर्षामा समस्या नहुने गरी तयारी गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने