२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपाङ्गतासम्बन्धी अन्तरराष्ट्रिय महासन्धिहरू कार्यान्वयन गर्नुपर्ने माग

२१ बैशाख २०८२, आईतवार १७:०१

काठमाडौँ | राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले नेपालले अनुमोदन गरेका अपाङ्गतासम्बन्धी अन्तरराष्ट्रिय महासन्धिहरू कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

सङ्घको १७औँ स्थापना दिवसका अवसरमा अध्यक्ष माधव चम्लागाईंले आज एक सन्देश व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घीय अपाङ्गता अधिकार महासन्धिसहित अन्य महासन्धिहरूमा भएका विविध प्रतिबद्धता र घोषणाको प्रभावकारी कार्यान्वयनमा सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष चम्लागाईंले स्वास्थ्य बिमा प्रणालीमार्फत ह्विलचियर, कृत्रिम खुट्टा, ‘क्यालिपर’लगायत आवश्यक र सहायक सामग्रीहरू सहज, गुणस्तरीय र सम्मानजनक तरिकाले उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । विश्वव्यापी ढाँचा तथा सिद्धान्तअनुसार सार्वजनिक पूर्वाधारहरू पहुँचयुक्त बनाउन आगामी कार्ययोजना स्पष्ट, समयबद्ध र दायित्वमुखी हुनुपर्नेमा सङ्घले जोड दिएको छ ।

“गम्भीर श्रेणीका अपाङ्गता भएका व्यक्तिहरूका लागि व्यक्तिगत सहयोगी सेवा तत्काल सुरु गर्नुपर्नेछ । गरिमा, आत्मनिर्भरता र जीवनको गुणस्तर सुधार गर्न यो सेवा अत्यावश्यक बनिसकेको छ । यसतर्फ सरकार गम्भीर भएर योजनाबद्ध रूपमा काम गर्नुपर्छ”, सन्देशमा भनिएको छ ।

सङ्घले अपाङ्गता भएकाको विषयमा संविधान, ऐन र नीतिहरूमा समावेश गरिएका अधिकारहरू व्यवहारमा लागू नभएसम्म समता र न्यायको अनुभूति अधुरो हुने भन्दै अबको यात्रामा अपाङ्ता भएका व्यक्तिलाई राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधन गरी तीनै तहमा अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्नेमा जोड दिएको छ ।

अध्यक्ष चम्लागाईंले भन्नुभएको छ, “अबको मुद्दा आर्थिक सशक्तिकरण, रोजगारी, सीप विकास, डिजिटल पहुँच, अपाङ्गमैत्री संरचनाको निर्माण र सहायक उपकरणहरूको सर्वसुलभ उपलब्धतालगायत विषयहरू प्राथमिकतामा रहनेछन् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…