२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नौबुँदे सहमतिपछि पनि शिक्षकहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई दबाब दिइरहे

२०८२, २१ बैशाख आईतवार १७:४६

काठमाडौँ | नौबुँदे सहमतिपछि पनि शिक्षकहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई दबाब दिइरहेका छन् । सहमतिबाहेक अग्रगामी शिक्षा ऐनमा समेटिनुपर्ने सबै विषयहरूलाई नछुटाउन भन्दै आइतबार दुईपटक भेटवार्ता भएको हो ।

नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले शिक्षामन्त्री पन्तसँग आज दुईपटक भेटवार्ता भएको बताए । “आज बिहान र दिउँसो दुईपटक भेट भएको छ । सरकारसँग भएका सहमति कार्यान्वयन र ऐनमा समावेश गर्नुपर्ने अन्य कुराहरू नछुटोस् भन्ने हिसाबले भेटेका हौँ,” थापाले बाह्रखरीसित भने । पटक–पटक सरकारसँग भएका सहमतिमा धोका भएको भन्दै यसपटक कुनै पनि हालतमा ऐन जारी हुनुपर्ने भन्दै मन्त्री पन्तलाई गम्भीर ध्यानाकर्षण गराएको महासंघले जनाएको छ ।

नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावतले सरकारसँग भएको सहमतिको ‘फलोअप’मा मन्त्रालय गएको बताए । “सहमतिपछि फलोअपमा गएका हौँ । पछिल्लोसमय सरकारका पदाधिकारीहरूसँग नियमित भेटघाट भइरहेको छ,” उनले भने । गत वैशाख १७ गते शिक्षक महासंघ र मन्त्रालयबीच नौबुँदे सहमति भएको थियो । ऐन जारी गर्नका लागि शिक्षकहरूले आगामी असार १५ गतेसम्मको समयसीमा दिएका थिए । शिक्षामन्त्री भेट्न अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव थापासहित गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने