२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नौबुँदे सहमतिपछि पनि शिक्षकहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई दबाब दिइरहे

२१ बैशाख २०८२, आईतवार १७:४६

काठमाडौँ | नौबुँदे सहमतिपछि पनि शिक्षकहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई दबाब दिइरहेका छन् । सहमतिबाहेक अग्रगामी शिक्षा ऐनमा समेटिनुपर्ने सबै विषयहरूलाई नछुटाउन भन्दै आइतबार दुईपटक भेटवार्ता भएको हो ।

नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले शिक्षामन्त्री पन्तसँग आज दुईपटक भेटवार्ता भएको बताए । “आज बिहान र दिउँसो दुईपटक भेट भएको छ । सरकारसँग भएका सहमति कार्यान्वयन र ऐनमा समावेश गर्नुपर्ने अन्य कुराहरू नछुटोस् भन्ने हिसाबले भेटेका हौँ,” थापाले बाह्रखरीसित भने । पटक–पटक सरकारसँग भएका सहमतिमा धोका भएको भन्दै यसपटक कुनै पनि हालतमा ऐन जारी हुनुपर्ने भन्दै मन्त्री पन्तलाई गम्भीर ध्यानाकर्षण गराएको महासंघले जनाएको छ ।

नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावतले सरकारसँग भएको सहमतिको ‘फलोअप’मा मन्त्रालय गएको बताए । “सहमतिपछि फलोअपमा गएका हौँ । पछिल्लोसमय सरकारका पदाधिकारीहरूसँग नियमित भेटघाट भइरहेको छ,” उनले भने । गत वैशाख १७ गते शिक्षक महासंघ र मन्त्रालयबीच नौबुँदे सहमति भएको थियो । ऐन जारी गर्नका लागि शिक्षकहरूले आगामी असार १५ गतेसम्मको समयसीमा दिएका थिए । शिक्षामन्त्री भेट्न अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव थापासहित गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…