२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एनआरएनए’ एकता महाधिवेशन सम्पन्न

२२ बैशाख २०८२, सोमबार ११:३०

काठमाडौँ | काठमाडौँ घोषणापत्र जारी गर्दै गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशन आइतबार सम्पन्न भएको छ । महाधिवेशनले महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैर आवासीय नेपालीबाट मुलुकले धेरै ठूलो आशा गरेको बताउनुभयो ।

उहाँले आफ्नो नेतृत्वको पूर्ववर्ती सरकारले एनआरएन नागरिकता प्रदान गर्न सुरु गरेको भएपनि हालसम्म त्यसको पूर्ण कार्यान्वयन हुन नसक्दा दुःख लागेको उल्लेख गर्नुभयो । गैर आवासीय नेपालीलाई प्रदान गरिने नागरिकता कार्यान्वयनको सवालमा आफ्नो दलले पूर्णसहयोग गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले एनआरएनसँग रहेको ज्ञान र सीप मुलुकको उन्नतिमा प्रयोग गर्न सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । एनआरएनका मुद्दालाई सम्बोधन गर्न आफ्नो दल सधैँ सकारात्मक रहेको उल्लेख गर्दै उहाँले लगानी विस्तार, सीप र क्षमताको अधिकतम् प्रयोग गरेर मुलुकलाई अगाडि बढाउन आग्रह गर्नुभयो ।

एनआरएनएका पूर्वअध्यक्षद्वय देवमान हिराचन र भवन भट्ट, एनआरएन अभियन्ता, आरके शर्मा, डा केशव पौडेललगायतलले नवनिर्वाचित कार्यसमितिलाई सफलताको शुभकामना दिनुभएको थियो । सो अवसरमा नव निर्वाचित अध्यक्ष श्रेष्ठले सबै पक्षलाई सहमतिमा आउन आग्रह गर्नुभयो ।

महाधिवेशनले गैरआवासीय नेपालीले गैर आवासीय नेपाली नागरिकतासम्बन्धी संविधानले व्यवस्था गरेका सम्पूर्ण अधिकार उपभोग गर्न पाउने गरी शीघ्र विद्यमान ऐन कानुनमा संशोधन गर्न सरकारलाई अनुरोध गरेको छ । विदेशमा बस्ने नेपालीले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गर्नसमेत आग्रह गरेको छ ।

त्यसैगरी मध्यपूर्वलगायतका मुलुकमा कार्यरत नेपाली श्रमिकका समस्या र त्यहाँ अज्ञानतावश जेलमा रहेका नेपालीलाई स्वदेश फर्काउन तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महाधिवेशनको उद्घाटन परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले गत शनिबार गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…