४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सबै मिलेर श्रमिकको आवश्यकता पूरा गर्नुपर्छ’

२२ बैशाख २०८२, सोमबार १३:२७

काठमाडौँ | महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले नीति निर्माता, जनप्रतिनिधि, सरोकारवाला सङ्घसंस्था र अन्तरराष्ट्रिय साझेदारसँग सहकार्य गर्दै श्रमिकको आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

युथ एड्भोकसी नेपाल र नेपाल महिला एकता समाजले यहाँ आज आयोजना गरेको ‘जलवायु न्याय तथा मर्यादित श्रम अभियान सम्मेलन–२०२५’ को उद्घाटन गर्दै उहाँले श्रमिकलाई केवल उत्पादन शक्ति मात्र नभई सम्मानित नागरिकका रूपमा हेर्ने दृष्टिकोण बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले नेपालको संविधानले श्रमिकलाई मर्यादित श्रम, सामाजिक सुरक्षा र समानताको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

जलवायु परिवर्तनको विषय श्रमसँग प्रत्यक्ष गाँसिएको उल्लेख गर्दै मन्त्री सुडीले जलवायु परिवर्तनका असरहरू नेपालजस्तो विकासोन्मुख मुलुकमा झनै गम्भीर भएको उल्लेख गर्नुभ्यो । “नेपालमा करिब ८५ प्रतिशत श्रमिक अनौपचारिक क्षेत्रमै संलग्न छन् । जसमा ९० प्रतिशतभन्दा बढी महिला श्रमिक छन् । यी तथ्याङ्क आफैँमा अत्यन्त गम्भीर सङ्केत हुन्, श्रमिक अधिकारको सवालमा नीतिगत तवरबाटै प्राथमिकता दिनुपर्दछ”, उहाँले भन्नुभयो ।

मन्त्री सुडीले जलवायु सङ्कटको सामना गर्न समान र न्यायपूर्ण नीति लागू गर्न सबै मिलेर अघि बढ्न आह्वानसमेत गर्नुभयो । युथ एड्भोकसी नेपालका अध्यक्ष गणेश धामीले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले मर्यादित श्रम र जलवायुसम्वन्धी काठमाडौैँ घोषणापत्र जारी गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ