२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘रवीन्द्र मिश्रलाई ४० दिनसम्म हिरासतमा राखिनु न्यायसङ्गत छैन’

२०८२, २२ बैशाख सोमबार १३:४२

काठमाडौँ | सांसद रोशन कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ४० दिनसम्म हिरासतमा राख्नु न्यायसङ्गत नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले लामो समय हिरासतमा राखेर सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको आरोप लगाउनुभयो ।

“मिश्रलाई ४० दिनसम्म हिरासतमा राखिनु र रेशम चौधरीलाई बिना कारण पक्राउ गर्नु कहाँको न्याय हो ?, न्यायिक छानबिन गर्न माग गरिरहेका छौँ तर सुनुवाइ भइरहेको छैन”, उहाँले भन्नुभयो ।

सांसद राजेन्द्र पाण्डेले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चालु आर्थिक वर्षमै सुरु हुने गरी बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । “आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पनि तयार छ, आयोजना प्रभावितलाई रु ४३ अर्ब मुआब्जा वितरण पनि सकिएको छ”, उहाँले भन्नुभयो, “आयोजनाको धेरै काम सकिएकाले अब निर्माण सुरु गर्न ढिलाइ गर्नुहुँदैन । आयोजना निर्माण समयमै सुरु भएको भए रु दुई खर्ब ६० अर्ब लागतमा काम सकिन्थ्यो । आव २०८१÷८२ मा आउँदा लागत बढ्दै रु तीन खर्ब ९८ अर्ब लाग्ने अनुमान भएको छ ।”

सांसद गणेश पराजुलीले सहकारीपीडितलाई न्यायको कठघरामा ल्याउन र ठगी प्रकरणको सबै भागीदारबाट असुलउपर गराउने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पीडितलाई क्षतिपूर्तिसहित बचत फिर्ता गराउने काम तत्काल सुरु गर्न माग गर्नुभयो ।

“सहकारी ठगी प्रकरणका वास्तविक पीडिक कतिलाई कारबाहीको दायरामा ल्याइयो ? पीडित जनताको पैसा फिर्ता भयो ?”, उहाँले भन्नुभयो, “अर्को कुरा यतिबेला बजेट निर्माणको चटारो छ । भन्सार नाकाहरुमा सुधार गर्नुपर्ने छ । वस्तु तथा सेवाको उत्पादन बढाएर आयातलाई प्रतिस्थापन गर्न, निर्यात बढाएर व्यापार घाटा न्यूनीकरण गर्नु आजको आवश्यकता हो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने