४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘रवीन्द्र मिश्रलाई ४० दिनसम्म हिरासतमा राखिनु न्यायसङ्गत छैन’

२२ बैशाख २०८२, सोमबार १३:४२

काठमाडौँ | सांसद रोशन कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ४० दिनसम्म हिरासतमा राख्नु न्यायसङ्गत नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले लामो समय हिरासतमा राखेर सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको आरोप लगाउनुभयो ।

“मिश्रलाई ४० दिनसम्म हिरासतमा राखिनु र रेशम चौधरीलाई बिना कारण पक्राउ गर्नु कहाँको न्याय हो ?, न्यायिक छानबिन गर्न माग गरिरहेका छौँ तर सुनुवाइ भइरहेको छैन”, उहाँले भन्नुभयो ।

सांसद राजेन्द्र पाण्डेले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चालु आर्थिक वर्षमै सुरु हुने गरी बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । “आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पनि तयार छ, आयोजना प्रभावितलाई रु ४३ अर्ब मुआब्जा वितरण पनि सकिएको छ”, उहाँले भन्नुभयो, “आयोजनाको धेरै काम सकिएकाले अब निर्माण सुरु गर्न ढिलाइ गर्नुहुँदैन । आयोजना निर्माण समयमै सुरु भएको भए रु दुई खर्ब ६० अर्ब लागतमा काम सकिन्थ्यो । आव २०८१÷८२ मा आउँदा लागत बढ्दै रु तीन खर्ब ९८ अर्ब लाग्ने अनुमान भएको छ ।”

सांसद गणेश पराजुलीले सहकारीपीडितलाई न्यायको कठघरामा ल्याउन र ठगी प्रकरणको सबै भागीदारबाट असुलउपर गराउने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पीडितलाई क्षतिपूर्तिसहित बचत फिर्ता गराउने काम तत्काल सुरु गर्न माग गर्नुभयो ।

“सहकारी ठगी प्रकरणका वास्तविक पीडिक कतिलाई कारबाहीको दायरामा ल्याइयो ? पीडित जनताको पैसा फिर्ता भयो ?”, उहाँले भन्नुभयो, “अर्को कुरा यतिबेला बजेट निर्माणको चटारो छ । भन्सार नाकाहरुमा सुधार गर्नुपर्ने छ । वस्तु तथा सेवाको उत्पादन बढाएर आयातलाई प्रतिस्थापन गर्न, निर्यात बढाएर व्यापार घाटा न्यूनीकरण गर्नु आजको आवश्यकता हो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी