२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड

२०८२, २२ बैशाख सोमबार १७:३६

काठमाडौँ | सांसदहरूले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले त्यसका सकारात्मक तथा नकारात्मक पक्षमाथि टिप्पणी गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन् ।

सांसद नारायणदत्त भट्टले नीति तथा कार्यक्रले सबै पक्षलाई समेटेकाले आशावादी रहेको प्रतिक्रिया दिनुभयो । सांसद राजेन्द्रलक्ष्मी गैरेले नीति तथा कार्यक्रमले स्वच्छ र गुणस्तरीय खानेपानी सुनिश्चिता गर्न लिएको नीति राम्रो रहेको भन्दै प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद रुक्मिणी कोइरालाले महिलाविरुद्ध हुने हिंसालगायतका नीति र जलवायु परिवर्तनबारे जनताले भोग्नुपरेका समस्याबारे अन्तरराष्ट्रियस्तरको ध्यानाकर्षण गर्ने नीति राम्रो रहेको बताउनुभयो । सांसद झक्कुप्रसाद सुवेदीले नीति तथा कार्यक्रमले नेपाली जनताको सपना पूरा गर्न नसक्ने र समाजवादउन्मुख आर्थिक सामाजिक रूपान्तरणको कुरा समावेश नभएको बताउनुभयो ।

सांसद नारायणदत्त मिश्रले आर्थिक गतिशीलता, भ्रष्टाचार नियन्त्रण गर्न नीतिको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभयो । सरकारले तोकेको न्यूनतम मूल्य किसानले पाउन नसकेको भन्दै उहाँले किसानले उचित मूल्य पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद राधेश्याम पासवानले नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, पर्यटन, खानेपानी, युवासम्बन्धी राम्रा नीति आए पनि कार्यान्वयनमा प्रभावकारिता आवश्यकता रहेको बताउनुभयो । सांसद विष्णुदेवी पुडासैनीले उद्यमशीला, रोजगारी, कृषि उत्पादन वृद्धि, शिक्षाको गुणस्तर सुधार जस्ता नीति राम्रा रहेका र नीतिले तिनै तहका साझा कार्यक्रमका बारेमा उल्लेख गर्नु राम्रो पक्ष भएको बताउनुभयो ।

यस्तै, सांसदहरू रेणु चन्द, विष्णुकुमारी सापकोटा, पदमबहादुर परियार, मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र तुलसाकुमारी दाहालले छलफलमा भाग लिनुभएको थियो ।

नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेकाले अर्को बैठक मङ्गलबार दिउँसो १२ः १५ बजे बस्ने सभाध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने