२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश पठाइदिन्छु भन्दै पैसा कुम्ल्याएर फरार हुने तीन जना पक्राउ

२२ बैशाख २०८२, सोमबार १८:१७

काठमाडौँ | सोझासाझा युवा खोज्ने, विदेश पठाइदिन्छु भन्ने अनि पैसा कुम्ल्याएर फरार हुने तीन जनालाई प्रहरीले समातेको छ। पक्राउ परेकाहरूमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका–३ बस्ने दोलखा जिरीका ३६ वर्षीय जितेन्द्र बस्नेत, काठमाडौं महानगरपालिका–१५ बस्ने उदयपुरगढीका ३६ वर्षीय नरेन्द्र बहादुर तामाङ र काठमाडौँ महानगरपालिका–२६ बस्ने स्याङ्जा वालिङका ५६ वर्षीय नर बहादुर खड्का छन्।

जितेन्द्रले क्रोएसिया पठाइदिने भन्दै एकजनाबाट पाँच लाख रुपैयाँ, नरेन्द्रले युएई पठाइदिने भन्दै दुईजनाबाट तीन लाख, र नर बहादुरले पोर्चुगल पठाइदिने नाममा एकजनाबाट चार लाख पैँसट्ठी हजार रुपैयाँ लिएका थिए। पैसा बुझिसकेपछि उनीहरू सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले जितेन्द्र र नरेन्द्रलाई शुक्रबार र नर बहादुरलाई आइतबार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ। वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोह सक्रिय भइरहँदा सचेत रहन प्रहरीको आग्रह छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…