२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश पठाइदिन्छु भन्दै पैसा कुम्ल्याएर फरार हुने तीन जना पक्राउ

२०८२, २२ बैशाख सोमबार १८:१७

काठमाडौँ | सोझासाझा युवा खोज्ने, विदेश पठाइदिन्छु भन्ने अनि पैसा कुम्ल्याएर फरार हुने तीन जनालाई प्रहरीले समातेको छ। पक्राउ परेकाहरूमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका–३ बस्ने दोलखा जिरीका ३६ वर्षीय जितेन्द्र बस्नेत, काठमाडौं महानगरपालिका–१५ बस्ने उदयपुरगढीका ३६ वर्षीय नरेन्द्र बहादुर तामाङ र काठमाडौँ महानगरपालिका–२६ बस्ने स्याङ्जा वालिङका ५६ वर्षीय नर बहादुर खड्का छन्।

जितेन्द्रले क्रोएसिया पठाइदिने भन्दै एकजनाबाट पाँच लाख रुपैयाँ, नरेन्द्रले युएई पठाइदिने भन्दै दुईजनाबाट तीन लाख, र नर बहादुरले पोर्चुगल पठाइदिने नाममा एकजनाबाट चार लाख पैँसट्ठी हजार रुपैयाँ लिएका थिए। पैसा बुझिसकेपछि उनीहरू सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले जितेन्द्र र नरेन्द्रलाई शुक्रबार र नर बहादुरलाई आइतबार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ। वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोह सक्रिय भइरहँदा सचेत रहन प्रहरीको आग्रह छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो