२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित

२३ बैशाख २०८२, मंगलवार ११:३८

काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ पत्रकार एवं सूचनाको हकका अभियन्ता तारानाथ दाहाललाई सम्मान गर्नुभएको छ । सूचनाको हकको कार्यान्वयन, प्रवर्द्धन र पैरवी गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै वरिष्ठ पत्रकार दाहाललाई ‘विनय कसजु उत्कृष्ट सूचना अभियन्ता पुरस्कार’बाट सम्मान गरिएको हो ।

राष्ट्रपति पौडेलले राष्ट्रिय सूचना आयोगको १८औँ वार्षिकोत्सवका अवसरमा सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच पत्रकार दाहाललाई रु ५५ हजार राशिको सर्वाेत्कृष्ट सूचना अभियन्ता पुरस्कारसहित कदरपत्रबाट सम्मानित गर्नुभयो । आयोगले सूचनाको हकका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत ११ वर्षअघि उहाँलाई ‘वरिष्ठ अभियन्ता’ बाट सम्मान गरेको थियो ।

सो अवसरमा अभियन्ता दाहालले मुलुकमा सूचनाको हकको कार्यान्वयनको अवस्था अझै पनि सन्तोषजनक नरहेको बताउनुभयो । विकास र सुशासनका पक्षमा सूचनाको हकको महत्त्वपूर्ण भूमिका रहने भएकाले यसको प्रभावकारी कार्यान्वयनसहित सदुपयोग हुनुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो । अभियन्ता दाहालले लोकतन्त्रको प्रमुख आधार सूचनाको हकको सुनिश्चितता हो भन्दै यसको प्रवर्द्धनमा सरोकार भएका सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

समारोहमा नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजाल, टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकी, गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापा र हरिराम कोन्डा ‘उत्कृष्ट सूचना अभियन्ता’ पुरस्कारबाट सम्मानित हुनुभयो । सो पुरस्कारको राशि जनही रु ३० हजारसहित सम्मानपत्र रहेको छ ।

यसैगरी जनही रु ३० हजार राशिको ‘उत्कृष्ट सूचना अधिकारी’ पुरस्कारबाट देवीप्रसाद थपलिया, केशव सिलवाल, पदमकुमार श्रेष्ठ, हेमन्तकुमार बुढाथोकी र बुद्धिराम न्यौपाने पुरस्कृत हुनुभयो । सो अवसरमा आयोगमा कार्यरत सन्तोष दाहाल, सुदर्शन ढकाल, दिनेश लुइँटेल, रञ्जना दाहाल, सीताराम बस्नेत र माइली तामाङलाई उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…