२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित

२०८२, २३ बैशाख मंगलवार ११:३८

काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ पत्रकार एवं सूचनाको हकका अभियन्ता तारानाथ दाहाललाई सम्मान गर्नुभएको छ । सूचनाको हकको कार्यान्वयन, प्रवर्द्धन र पैरवी गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै वरिष्ठ पत्रकार दाहाललाई ‘विनय कसजु उत्कृष्ट सूचना अभियन्ता पुरस्कार’बाट सम्मान गरिएको हो ।

राष्ट्रपति पौडेलले राष्ट्रिय सूचना आयोगको १८औँ वार्षिकोत्सवका अवसरमा सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच पत्रकार दाहाललाई रु ५५ हजार राशिको सर्वाेत्कृष्ट सूचना अभियन्ता पुरस्कारसहित कदरपत्रबाट सम्मानित गर्नुभयो । आयोगले सूचनाको हकका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत ११ वर्षअघि उहाँलाई ‘वरिष्ठ अभियन्ता’ बाट सम्मान गरेको थियो ।

सो अवसरमा अभियन्ता दाहालले मुलुकमा सूचनाको हकको कार्यान्वयनको अवस्था अझै पनि सन्तोषजनक नरहेको बताउनुभयो । विकास र सुशासनका पक्षमा सूचनाको हकको महत्त्वपूर्ण भूमिका रहने भएकाले यसको प्रभावकारी कार्यान्वयनसहित सदुपयोग हुनुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो । अभियन्ता दाहालले लोकतन्त्रको प्रमुख आधार सूचनाको हकको सुनिश्चितता हो भन्दै यसको प्रवर्द्धनमा सरोकार भएका सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

समारोहमा नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजाल, टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकी, गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापा र हरिराम कोन्डा ‘उत्कृष्ट सूचना अभियन्ता’ पुरस्कारबाट सम्मानित हुनुभयो । सो पुरस्कारको राशि जनही रु ३० हजारसहित सम्मानपत्र रहेको छ ।

यसैगरी जनही रु ३० हजार राशिको ‘उत्कृष्ट सूचना अधिकारी’ पुरस्कारबाट देवीप्रसाद थपलिया, केशव सिलवाल, पदमकुमार श्रेष्ठ, हेमन्तकुमार बुढाथोकी र बुद्धिराम न्यौपाने पुरस्कृत हुनुभयो । सो अवसरमा आयोगमा कार्यरत सन्तोष दाहाल, सुदर्शन ढकाल, दिनेश लुइँटेल, रञ्जना दाहाल, सीताराम बस्नेत र माइली तामाङलाई उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने