२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शून्य समयमा सांसदहरुद्वारा विविध विषयमा सरकारको ध्यानाकर्षण

२०८२, २३ बैशाख मंगलवार १२:५९

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले शिक्षा, मनसुनदेखि सडक निर्माणसम्मका विषयबस्तुबारे सरकारको ध्यानार्षण गराएका छन् ।

बैठकमा सांसद अच्युत मैनालीले विश्वविद्यालय अनुदान आयोगले पछिल्लो समयमा विपन्न विद्यार्थीलाई दिँदै आएको अनुदानलाई निरन्तरता दिन माग गर्नुभयो ।

सांसद अन्जनी श्रेष्ठले पेट्रोलको भाडा बढाउन एउटा निश्चित मापदण्ड बनाउन सरकारसँग माग गर्नुभयो ।

सांसद अनिता देवीले यही वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकता अघि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई अपहरण शैलीमा पक्राउ गरेको घटनाप्रति आपत्ति प्रकट गर्नुभयो ।

सांसद अमनलाल मोदीले विराटनगरको चक्रपथका लागि पर्याप्त बजेट विनियोजन नभएको तथा केशरीया र सिनिया खोलाका लागि बजेट छुट्याएर निर्माण नगर्दा विराटनगर डुबानमा पर्ने खतरा बढेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अम्बरबहादुर थापाले नेपाल सरकारको यस वर्षको नीति तथा कार्यक्रमले शिक्षामा राम्रो गर्न खोजीए पनि कार्यान्वयनको पाटो कमजोर देखिएको बताउनुभयो ।

सांसद डा अमरेशकुमार सिंहले नेपालले छमेकी राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध राख्नुपर्नेमा जोड दिनुभयो ।

सांसद अर्जुननरसिंह केसीले काठमाडौँ–नुवाकोट सदमुकाम जोडने बालाजु–नुवाकोट–काठमाडौँ सडकका लागि आवश्यक बजेट छुट्टयाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद आस्माकुमारी चौधरीले नेपालमा मनसुन सुरु भइसकेको भएकाले गृहमन्त्रालयले आवश्यक तयारी सुरु गरेकामा धन्यवाद दिनुभयो ।

सांसद ईश्वरबहादुर रिजालले देशभर बाँदर आतङ्कका कारण ठूलो धनजनको क्षति भएकाले त्यसको रोकथामका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ईश्वरी घर्तीले विवाह गर्ने उमेर २० वर्षबाट १८ वर्ष बनाउने विषयमा बालिकाको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षबारे ध्यान दिन सरकारसँग माग गर्नुभयो ।

सांसद ईश्वरीदेवी न्यौपानेले टीकापुर घाट निर्माण कार्यमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद उर्मिला माझीले सुदुरपश्चिम प्रदेशको दार्जुलामा तिङकर सडक बजेट अभावका कारण अधुरै रहेकाले आवश्यक बजेट उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो ।

सांसद ऋषिकेश पोखरेलले मोरङका चारवटा पुल समयमै निर्माण गर्न माग गर्नुभयो ।

सांसद एकनाथ ढकालले सरकारले शिक्षकहरुसँग गरेको सहमति कार्यान्वयन गर्न आउँदो बजेटमै सम्बोधन गर्न माग गर्नुभयो ।

सांसद गङ्गा कार्कीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न आग्रह गर्दै आवश्यक बजेट छुट्टयाउन सरकारसँग माग गर्नुभयो ।

सांसद चित्रबहादुर केसीले २०६२÷६३ सालको आन्दोलनका क्रममा कालिकोटका कर्णबहादुर शाही घाइते भएको उल्लेख गर्दै हालसम्म पनि उहाँले उपचार खर्च नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश