२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभाः विपद् पूर्वतयारीका निम्ति जुट्नुपर्नेमा जोड

२०८२, २३ बैशाख मंगलवार १३:३३

काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा सभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ। साथै उहाँहरुले वर्षायाम प्रारम्भ हुनुअगावै विपद् व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी गरिसक्नुपर्नेमा जोड दिनुभएको छ । उहाँहरुले विपद् पूर्वतयारी र प्रतिकार्य, निर्माणाधीन र स्तरोन्नतिको चरणमा रहेका राजमार्गको यथाशीघ्र निर्माणसम्पन्न, मौलिक हकको कार्यान्वयनलगायत बारेमा सरकारको ध्यानकृष्ट गर्नुभयो ।

सांसद इन्दिरादेवी गौतमले प्राकृतिक विपद्बाट घरबारविहीन भएका नागरिकलाई आउँदो मनसुन अगावै उचित बासस्थानको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो । निर्माणाधीन र स्तरोन्नतिका चरणमा रहेका राजमार्गमा वर्षा कारण यात्रु र सवारी साधन प्रभावित हुने अवस्था रहेको भन्दै उहाँले त्यस्ता सडकको निर्माण चाँडो सम्पन्न गर्न र बैकल्पिक मार्गको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गोपीबहादुर सार्की अछामीले बिपी राजमार्गअन्तर्गतको भकुण्डेबेँसी–नेपालथोक खण्ड वर्षा याममा यातायात ठप्प हुने अवस्था रहेको जनाउँदै उक्त खण्डको निर्माणमा तीव्रता दिन सरकारलाई सुझाव दिनुभयो ।
सांसद सुमित्रा बिसीले वर्षायाम नजिकिएसँगै प्राकृतिक प्रकोपको डरले नागरिक त्रसित भइरहेको जनाउँदै विपद् पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन माग गर्नुभयो ।

सांसद गङ्गाकुमारी बेल्बासेले राउटे समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन विशेष योजना सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद जगप्रसाद शर्माले अपाङ्गता भएका व्यक्तिका लागि खेलकुद योजना ल्याउन माग गर्दै राष्ट्रिय पाराओलम्पिक रङ्गशाला निर्माण गर्न सरकारलाई सुझाव दिनुभयो ।

सांसद तारामान स्वाँरले दार्चुलाको महाकाली नगरपालिका–४ र ५ अन्तर्गत महाकाली नदी किनारमा रहेको नेपाली भूमि अतिक्रमण गरी भारतले तटबन्ध निर्माण गरिरहेको जानकारी दिँदै त्यसलाई रोक्न सरकारले के पहल गरिरहेको छ भनी सरकारको जवाफ माग गर्नुभयो ।

सांसद तुलसाकुमारी दाहालले बाल सुधारगृहमा रहेका बालबालिका असुरक्षित बन्दै गएका जनाउँदै त्यस्ता सुधारगृहको नियमित अनुगमनको माग गर्नुभयो ।

सांसद मायाप्रसाद शर्माले वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्सको दुबई पुगेका जाजरकोटको नलगाढ नगरपालिका–२ डाँडागाउँका रामबहादुर सुनार मृत फेला परेको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शारदादेवी भट्टले कैलालीको गेटा मेडिकल कलेजबारे नीति तथा कार्यक्रम कहीँकतै उल्लेख नभएको गुनासो गर्नुभयो ।

सांसद शेखरकुमार सिंहले तराई मधेशमा जनता आवास कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारकालाई सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश