२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

२४ बैशाख २०८२, बुधबार १२:१६

काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय सल्ल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख इञ्जिनियर विनोद पुनसमेतका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलाउपर चित्त नबुझेको जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

स्थानीय शारा नगरपालिका वडा नं १५ स्थित सुन्दरडाँडा थाङ्नेखोला सडक निर्माणमा सम्झौताबमोजिमको काम नभएको जनाउँदै आयोगले इञ्जिनियर पुनविरुद्ध रु सात लाख १४ हजार ४१ बराबरको बिगो दाबी गर्दै दायर गरेको मुद्दामा विशेषले सफाइ दिएकामा त्यसविरुद्ध आयोगले मङ्गलबार पुनरावेदन गरेको हो ।

यसैबीच, आयोगले बाराको फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशङ्करकुमार सिंह नेपाल मिडिया हाउस प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक नवराज निरौलासमेत तीन जना र उक्त हाउसउपर गैरकानुनी लाभ तथा राज्यलाई हानि पुर्याएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

फेटा गाउँपालिकाको विद्युत् पोल गाड्ने तथा तार तान्ने कामका निम्ति खरिद प्रक्रियासम्बन्धी बोलपत्र आह्वानको सूचना प्रकाशनमा झुठा विवरण पेश गरी भुक्तानी लिने र दिने दुवैलाई विपक्षी बनाएर मङ्गलबार आरोपपत्र दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने