२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभा विशेष समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

२०८२, २४ बैशाख बुधबार १३:४७

काठमाडौँ | सांसदहरुले खेलकुद क्षेत्रको विकास, कृषि उत्पादन प्रवद्र्धन तथा दक्षिण एसियाली मुलुकमा विकसित भइरहेको तनावलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झाले सप्तरीको राजविराजस्थित रङ्गशालाको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न सरकारसमक्ष माग गर्नुभयो । उहाँले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्न ७० जिल्ला अगाडि रहेको भन्दै राजविराजभित्रै एक क्रिकेट अनुसन्धान केन्द्र स्थापना गर्न सरकारसमक्ष माग गर्नुभयो ।

जनमत पार्टीका सांसद अबदुल खानले बर्दिया जिल्लामा मानव र वन्यजन्तुवीचको द्वन्द्वले प्रत्येक महिना मानिसको मृत्यु र घाइते भएकाले यस विषयमा सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालभरिमा नै कृष्णसार क्षेत्र बर्दियामा मात्रै भएकाले यसको संरक्षणमा सरकार लाग्नुपर्ने जनाउँदै बर्दिया जनताको लागि भेन्टिलेटर सहितको अस्पताल, यातायातको व्यवस्था, कृषकको समस्यालगायतको व्यवस्थापनको लागि आवश्यक बजेट छुट्याउनुपर्ने माग गर्नुभयो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रेखा यादवले कृषि प्रधान मुलुक नेपालमा कृषि उत्पादन प्रवद्र्धन र विषादीरहित उत्पादनको सुनिश्चितताका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । उहाँले आयातित कृषिउपजको गुणस्तर परीक्षणको व्यवस्था गर्न पनि माग गर्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद सर्वेन्द्रनाथ शुक्लाले नेपाल सुरुदेखि नै असंलग्न परराष्ट्र नीतिको अवलम्बन गर्दै आएको र बदलिँदो परिस्थितिमा आतङ्कवादको विरुद्ध सहकार्यको नीति अवलम्बन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले आतङ्कवाद विरुद्धको सहकार्यको नीति कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ