२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शून्य समयमा सांसदद्वारा समसामयिक विषयमा ध्यानर्कषण

२४ बैशाख २०८२, बुधबार १३:५९

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानर्कषण गराउनुभएको छ । सांसदहरूले पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदन व्यक्त गुर्नभएको हो ।

बैठकको शून्य समयमा सांसदहरूले छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको द्वन्द्वमा नेपाल सरकारको कूटनीतिक कौशलता, सडक, पुल निर्माण, खानेपानीको अभाव, विद्युत् प्राधिकरण घाटामा गएको सन्दर्भलगायत सासामयिक विषयमा ध्यानार्कषण गराउनुभयो ।

सांसद नारायणप्रकाश (एनपी) साउदले भारत र पाकिस्तानबीच पछिल्लो समय विकसित सम्बन्धको वर्तमान स्थितिमा पाकिस्तानी उच्चस्तरीय सैन्य प्रतिनिधिको नेपाल भ्रमण तत्कालका लागि स्थगन गर्न सुझाव दिनुभयो ।

सांसद डोलप्रसाद (डिपी) अर्यालले भारतमा बसोबास गरिरहेका नेपालीका विषयमा सरकार संवेदनशील हुन आग्रह गर्नुभयो । उहाँले भारतमा नेपाली दम्पतीबाट जन्मिने बालबालिकालाई नागरिकता प्राप्तिदेखि नेपालामा उद्योग व्यवसाय लगानी गर्नेलगायत विषयमा भइरहेको असहजताबारे ध्यानार्कषण गराउनुभयो ।

सांसद तारा लामा तामाङले राष्ट्रियसभाबाट पारित भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०, लाई यसै सत्रको सदनमा यथाशीघ्र छलफलका लागि प्रस्तुत गर्न माग गर्नुभयो ।

सांसद दामोदर पौडेल वैरागीले विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय स्थापना र सञ्चालनको माग गर्नुभयो । सांसद दिनेशकुमार यादवले नेपाल–भारतको कोशी सम्झौताअनुसार भारतमा पर्ने नहरको दक्षिण बाधतर्फ सडक निर्माण भएको तर नेपालमा पर्ने नहरमा सडक निर्माण नभएको बताउनुभयो । उहाँले सप्तरीवासीले सडक निर्माणमा भइरहेको ढिलाइका कारण हिलो र धुलोबाट सास्ती खेप्न परेको भन्दै सदनमार्फत सरकारको ध्यानार्कषण गराउनुभयो ।

सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेवल पुल भारत सरकारबाट निर्माण सम्पन्न हुने चरणमा पुगेको बताउनुभयो । उहाँले त्यहाँ नेपालतर्फ एकीकृत जाँचचौकी र सुरक्षा व्यवस्थाका लागि आवश्यक पूर्वाधार निर्माणमा विलम्ब नगर्न सुझाव दिँदै यथाशीघ्र आवश्यक प्रक्रिया पूरा गर्न माग गर्नुभयो ।

सांसद देवेन्द्र पौडेलले बागलुङको उत्तरगङ्गा जलाशययुक्त आयोजना र यस जिल्लाका विभिन्न सडक मार्गहरु चालु आर्थिक वर्षमा सम्पन्न गर्नेगरी बजेट व्यवस्था गर्न माग गर्नुभयो । सांसद धुव्रबहादुर प्रधानले नवलपरासीमा पिउने पानीको अभाबबारे सभामुखमार्फत सरकारको ध्यानार्कषण गराउँदै डिप बोरोङमार्फत तत्काल पानी उपलब्ध गराउन माग गर्नुभयो ।

शून्य समयमा सांसद निर्मला कोइरालाले त्रिभुवन राजपथअन्तर्गत विरगञ्जको गण्डकचोकबाट मितेरी पुलसम्मको सडक विस्तार र स्तरोन्नतिलाई तीव्रता दिन बजेट विनियोजनको माग गर्नुभयो ।

सांसद निशा डाँगीले नेपाल विद्युत् प्राधिकरण एक महिनाभित्र रु पाँच अर्ब २६ करोड घाटामा हुनुको कारणबारे सम्बन्धित मन्त्रालयका मन्त्रीसँग जवाफ माग गर्नुभयो । उहाँले गर्भनर नियुक्तिमा सरकारलाई समय खर्च नगर्न आग्रह समेत गर्नुभयो ।

सांसद पूर्णबहादुर घर्ती मगरले रुकुम पूर्वको जिल्ला सदरमुकामसम्बन्धी ठोस निर्णय नहुँदा बर्सेनि सदरमुकामका लागि छुट्याइएको बजेट कार्यान्वयन नभई फ्रिज भइरहेको बताउनुभयो । उहाँले यसमा यथाशीघ्र निर्णय गर्दै आवश्यक बजेटको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति तत्काल सार्वजनिक गर्न माग गर्नुभयो । उहाँले सिंहदरबारमा नागरिकको सहज पहँुचको समेत माग गर्नुभयो । सांसद ज्वालाले भन्नुभयो, “मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको गेट खुला गरियोस् । जनताले काम परेर मन्त्रालय जानुपरेमा आवश्यक मन्त्रालयमा सहज पहुँचको व्यवस्था होस् ।”

सांसद डा प्रकाशशरण महतले टोखा छहरे सुरुङमार्ग यो वर्ष विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) सम्पन्न गर्न माग गर्नुभयो । उहाँले पासाङ ल्यामु राजमार्गको रानीपौवा–त्रिशुली खण्डका लागि तत्काल बनेट विनियोजन गर्न माग गर्नुभयो ।

सांसद प्रभु हजाराले वीरगञ्जमा अवस्थित जीर्ण अवस्थामा रहेका रङ्गशालाहरू मर्मत सम्भार गर्न बजेटको व्यवस्था गर्न माग गर्नुभयो । सांसद प्रेमबहादुर महर्जनले प्रदीप नेपालको निधनप्रति श्रद्धाजञ्ली अर्पण गर्नुभयो ।

सांसद वासुदेव घिमिरेले मनसुनअघि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीलाई विपद्सम्बन्धी आधारभूत उद्धार तालिम र सामग्री उपलब्ध गराउन माग गर्नुभयो । शून्य समयमा सांसद बिन्दावासिनी कांसाकारले जलनसम्बन्धी गैरसरकारी विधेयक छलफलमा ल्याउन माग गर्नुभयो ।

सांसद विमला सुवेदीले साउदी अरबको पूर्वी प्रान्तमा रहेको एक कम्पनीमा कार्यरत नेपाली श्रमिकले लामो समयदेखि पारिश्रमिक र स्वास्थ्योपचार खर्च नपाउँदा अलपत्र अवस्था रहेकोतर्फ ध्यानार्कषण गराउनुभयो । उहाँले उनीहरूको तत्काल उद्धारका लागि माग गर्नुभयो ।

बैठकको शून्य समयमा सांसद विनिता कठायत, सांसद दीपक गिरी, सांसद दीपा शर्मालगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य