२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोरखापत्रलाई ‘पिएसपी’ ढाँचामा लैजान्छौँः सञ्चारमन्त्री गुरुङ

२४ बैशाख २०८२, बुधबार १६:४४

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गोरखापत्र संस्थानलाई सार्वजनिक सेवा प्रकाशन (पिएसपी) ढाँचामा रुपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

गोरखापत्र प्रकाशनको १२५औँ वर्ष प्रवेश तथा संस्थानको ६३औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहमा मन्त्री गुरुङले गोरखापत्रलाई समयाअनुकूल बनाउन परम्परागत ऐन संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले गोरखापत्रले राणा शासनकालदेखि राजतन्त्र, पञ्चायत व्यवस्थाका सास्ती झेल्दै आएको स्मरण गर्दै लोकतन्त्र र सङ्घीय शासन व्यवस्थामा जनता केन्द्रित भएर सामग्री सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चारमन्त्री गुरुङले यति ठूलो इतिहास बोकेको संस्थानको आफ्नै भवन आवश्यक पर्ने भएकाले सुविधा सम्पन्न भवन निर्माण गर्ने, नयाँ ऐन ल्याउने, कर्मचारी व्यवस्थापनका लागि विनियमावली ल्याउनेलगायत कार्य मन्त्रालयले यथाशीघ्र पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले मन्त्रालयले यसबाहेक दूरसञ्चार प्राधिकरणको भवन निर्माण गर्ने, पुराना सबै संस्थानका ऐन र कानुन परिमार्जन गर्ने, ‘एआई पोलिसी’ ल्याउनेलगायत योजना बनाएकाले यथाशीघ्र कार्यान्वयन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “चालु वर्षमा ‘फाइभ जी नेटर्वक’को सुरुआत हुनेछ ।”

गोरखापत्र संस्थानका अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्रलाई बासको खाँचो भएकाले आगामी बजेटमा भवन निर्माणका लागि बजेट विनियोजन गर्न मन्त्री समक्ष अनुरोध गर्नुभयो ।

संस्थानका महाप्रवन्धक लालबहादुर ऐरिले गोरखापत्रलाई समयसापेक्ष बनाउन सम्पादकीय विषय छनोटमा फरकपन ल्याइएको दाबी गर्नुभयो । उहाँले समाचारका साथै भाषा र विषय छनोटमा पनि समावेशीतालाई महत्त्व दिँदै आइएको जानकारी गराउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण व्यावसायिक पत्रकारिता पेसाप्रति अविश्वास सिर्जना हुँदै गएको बताउँदै यसलाई मर्यादित बनाउन सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला