१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने

२५ बैशाख २०८२, बिहीबार ११:५२

काठमाडौँ | नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले नेपालीहरुको सङ्ख्या बढिरहेका विश्वका अन्य देशमा पनि नेपाली जनसम्पर्क समितिहरुको गठन गर्ने निर्णय गरेको छ ।

विभागका प्रमुख एवं कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलको अध्यक्षतामा आज सम्पन्न विभाग र विदेशस्थित जनसम्पर्क समितिका प्रमुख, पदाधिकारी तथा प्रतिनिधिको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

बैठकले प्रत्येक देशका नेपाली जनसम्पर्क समितिलाई पार्टी तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागसँग निरन्तर सम्पर्क र समन्वय गर्न सूचना प्रविधि (आईटी) र सामाजिक सञ्जाल सञ्चालनमा दक्ष तीनदेखि पाँच जनाको नाम विभागका पठाउन निर्देशन गर्ने र ती जनशक्तिको परिचालनको संयोजनको जिम्मेवारी विभागका सदस्य नारायण खरेललाई दिने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले विभागको वेभसाईट अद्यावधिक गर्ने कामको संयोजन गर्न विभागका सदस्य प्रकाश अधिकारीलाई जिम्मेवारी दिएको छ, भने जनसम्पर्क समिति भारतसँग समन्वय राखी भारतमा रहेका सबै क्षेत्रका नेपाली जनसम्पर्क समितिलाई अझ बढी क्रियाशील बनाउन विशेष अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
त्यसका लागि विभागबाट सदस्य सुनिता जिसी कुँवरलाई संयोजक तोकिएको जानकारी विभागले दिएको छ । बैठकले विदेशस्थित नेपाली जनसम्पर्क समितिको विधानमा एकरुपताल्याई समितिको साङ्गठानिकस्वरुप र कामलाई अझ सुव्यवस्थित गराउनका लागि विधानहरुको अध्ययन गरी सुझाव पेस गर्न विभागका सदस्य ऋषि शर्मालाई संयोजक तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार