१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘रियालिटी शो’का प्रतिस्पर्धीहरुलाई राष्ट्रपति पौडेलद्वारा स्वागत

२५ बैशाख २०८२, बिहीबार १६:५२

काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकबाट नेपाल आइपुगेका ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिस्पर्धीहरुलाई राष्ट्रपति निवास शीतल निवासमा आज एक कार्यक्रम आयोजना गरी स्वागत गर्नुभएको छ ।

परोपकारी संस्था ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’को आयोजनामा नेपालमा जारी दुई रियालिटी शोका प्रतिस्पर्धीहरुलाई स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाली संस्कृतिलाई जीवन्त राख्न आआफ्नो स्थानबाट पहल गर्न आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलले विभिन्न मुलुकबाट नेपाल आएका प्रतिस्पर्धीहरु सांस्कृतिक दूत भएको उल्लेख गर्दै नेपाली संस्कृतिलाई विश्वव्यापीरुपमा नेपाली समुदायमा पु-याउन इन्ट्रा फाउण्डेसनको प्रयासको प्रशंसा गर्नुभयो । नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणबाट प्रत्येक साताको बिहीबार र शुक्रबार मेरो भ्वाइस युनिभर्स प्रसारण सुरु भएको छ भने आइतवार र सोमबार मेरो डान्स युनिभर्स प्रसारण हुन थालेको छ ।

इन्ट्रा फाउण्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईले विश्वभरका नेपाली जातिलाई संस्कृतिको एउटै मालामा उनेर नेपालसँग जोड्न फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीको सपनालाई यी रियालिटी शोले मूर्तरुप दिइरहेको जानकारी दिनुभयो । विश्वका ६० देशमा बस्ने नेपालीहरु यी कार्यक्रमहरुसँग जोडिएको र २३ देशका नेपाली प्रतिभाहरु नेपाल ल्याइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार