२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शून्य समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

२६ बैशाख २०८२, शुक्रबार १३:१८

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद शेरबहादुर कुँवरले भारत र पाकिस्तानबीचको तनावले भारतमा विभिन्न पेसा व्यवसायमा रहेका लाखौँ नेपाली नागरिकको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शिशिर खनालले छिमेकी राष्ट्र भारत र पाकिस्ताबीचको तनावका कारण नेपाल र नेपालीलाई पर्नसक्ने प्रभावबारे सजकता अपनाउन तथा पाकिस्तानमा अध्ययनरत विद्यार्थीको उद्धार गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद बीना जैसवालले नेपाल–भारतबीच खुला सिमाना भएकाले नेपालले सुरक्षा व्यवस्थामा कडाइ गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद शान्ति श्रेष्ठले अपाङ्गता भएका व्यक्तिलाई आवतजावतमा कठिनाइ हुने, सीप, क्षमता भए पनि घरमा मात्रै बस्नुपर्ने बाध्यता भएकाले यसका लागि आवश्यक बजेट छुट्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शिव नेपालीले वर्षायामको सुरुआत भएकाले विपद् व्यवस्थापनको तयारी समयमै गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद शोभा ज्ञवालीले बर्दियाका नदीहरुमा आएको बाढीले विगतमा खेतीयोग्य जमिन कटान गरी घरबस्ती डुबानमा परेर ठूलो धनजनको क्षति गरेको हुँदा यथाशीघ्र बजेटको व्यवस्था गरी सो क्षेत्रको समस्या समाधान गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शङ्कर भण्डारीले सरकारले आगामी वर्षको बजेटमा निर्माण व्यवसायी र सरकारबीचको विवादले कुनै पनि विकास निर्माणका काम नरोकिनका लागि पहल गर्न माग गर्नुभयो ।

सांसद सरस्वती बजिमले किसानलाई आवश्यक बीउबिजन, मल र सिँचाइको व्यवस्था गर्न माग गर्नुभयो । बाँदर, बँदेल, दुम्सीलगायत जनावरले खेतीपाती खाइदिएको भन्दै उहाँले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सरस्वती सुब्बाले भारत र पाकिस्तानबीचको तनावले दक्षिण एसियाली मुलुकलाई असर गरिरहेको उल्लेख गर्दै त्यसको प्रभाव नेपालमा पनि पर्नसक्ने भएकाले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सराज अहमत फारुकीले ‘एक स्थानीय, उत्पादन एक’ पालिका अभियान सञ्चालन गर्न माग गर्नुभयो । युवापुस्तालाई विश्वास दिलाउँदै देशभित्रै बस्ने वातावरण बनाउन सरकारले भ्रष्टाचारको अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो । सुशासन र पादरर्शीको निम्ति सरकारले सबै खरिद प्रक्रियालाई अनलाइन प्रणालीअनुसार सञ्चालन गरी देशभित्रै युवालाई रोजगारी दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने