२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शून्य समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

२०८२, २६ बैशाख शुक्रबार १३:१८

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद शेरबहादुर कुँवरले भारत र पाकिस्तानबीचको तनावले भारतमा विभिन्न पेसा व्यवसायमा रहेका लाखौँ नेपाली नागरिकको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शिशिर खनालले छिमेकी राष्ट्र भारत र पाकिस्ताबीचको तनावका कारण नेपाल र नेपालीलाई पर्नसक्ने प्रभावबारे सजकता अपनाउन तथा पाकिस्तानमा अध्ययनरत विद्यार्थीको उद्धार गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद बीना जैसवालले नेपाल–भारतबीच खुला सिमाना भएकाले नेपालले सुरक्षा व्यवस्थामा कडाइ गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद शान्ति श्रेष्ठले अपाङ्गता भएका व्यक्तिलाई आवतजावतमा कठिनाइ हुने, सीप, क्षमता भए पनि घरमा मात्रै बस्नुपर्ने बाध्यता भएकाले यसका लागि आवश्यक बजेट छुट्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शिव नेपालीले वर्षायामको सुरुआत भएकाले विपद् व्यवस्थापनको तयारी समयमै गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद शोभा ज्ञवालीले बर्दियाका नदीहरुमा आएको बाढीले विगतमा खेतीयोग्य जमिन कटान गरी घरबस्ती डुबानमा परेर ठूलो धनजनको क्षति गरेको हुँदा यथाशीघ्र बजेटको व्यवस्था गरी सो क्षेत्रको समस्या समाधान गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शङ्कर भण्डारीले सरकारले आगामी वर्षको बजेटमा निर्माण व्यवसायी र सरकारबीचको विवादले कुनै पनि विकास निर्माणका काम नरोकिनका लागि पहल गर्न माग गर्नुभयो ।

सांसद सरस्वती बजिमले किसानलाई आवश्यक बीउबिजन, मल र सिँचाइको व्यवस्था गर्न माग गर्नुभयो । बाँदर, बँदेल, दुम्सीलगायत जनावरले खेतीपाती खाइदिएको भन्दै उहाँले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सरस्वती सुब्बाले भारत र पाकिस्तानबीचको तनावले दक्षिण एसियाली मुलुकलाई असर गरिरहेको उल्लेख गर्दै त्यसको प्रभाव नेपालमा पनि पर्नसक्ने भएकाले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सराज अहमत फारुकीले ‘एक स्थानीय, उत्पादन एक’ पालिका अभियान सञ्चालन गर्न माग गर्नुभयो । युवापुस्तालाई विश्वास दिलाउँदै देशभित्रै बस्ने वातावरण बनाउन सरकारले भ्रष्टाचारको अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो । सुशासन र पादरर्शीको निम्ति सरकारले सबै खरिद प्रक्रियालाई अनलाइन प्रणालीअनुसार सञ्चालन गरी देशभित्रै युवालाई रोजगारी दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु