२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद् व्यवस्थापनसहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

२०८२, २८ बैशाख आईतवार १५:४५

काठमाडौँ | राष्ट्रियसभाका सदस्यहरूले मनसुनजन्य विपद् प्रतिकार्यका लागि सरकारको तर्फबाट तयारी बढाउन अनुरोध गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै उहाँहरूले अब मनसुन सुरु भइ देशव्यापी रुपमा प्राकृतिक विपद्का कारण धनजनको नोक्सानी व्यहोर्नुपर्नेतर्पm ध्यानाकर्षण गर्नुभयो । सांसदहरूले विपद्का कारण हुने सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी तथा प्रतिकार्य र सर्तकता अपनाउन पनि सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँहरुले भारत र पाकिस्तानका बीच हिजो भएको युद्धबिरामको स्वागत गर्दै शान्ति र समृद्धिका पक्षमा समग्र विश्व एक हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा सांसद नारायणदत्त मिश्रले बाढी तथा प्राकृतिक विपद्का कारण जोखिममा रहेका कैलाली जिल्लाको पूर्वी भेग टीकापुर र भजनी नगरपालिका लगायतका क्षेत्रलाई जोगाउन आवश्यक पहल होस् भन्नुभयो ।

सांसद भुवनबहादुर सुनारले बाढी, पहिरो र डुवानले सडक, पुल र मानवबस्ती जोखिममा पर्नसक्ने अघिल्ला वर्षका दृष्टान्तलाई मध्यनजर गरी समयमै सचेत र सजग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद लक्ष्मी गैरेले वर्षायाममा नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीको विनय–त्रिवेणी खोला अवरुद्ध भई आवतजावतमा समस्या आउनसक्ने देखिएकाले सो स्थानमा निर्माणाधीन पुल समयमै तयार गरियोस् भन्नुभयो ।

यस्तै, सांसद सुरेशकुमार आलेले तनहुँ जिल्लाको आँबुखैरेनी र भरतपुर घुमाउने जोड्ने त्रिशूली नदीमाथिको ‘मोटरेवल’ पुलको निर्माण सुस्त भएकोतर्फ सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद कमला पन्तले बजारमा रासायनिक मल छ भनिए पनि किसानले पाउन नसकेको भन्ने गुनासो आइरहेकाले वितरण व्यवस्थापनमा ध्यान दिन सरकारसँग अनुरोध गर्नुभयो ।

यसैगरी, सांसद कृष्णप्रसाद पौडेलले सहरी क्षेत्रमा बढ्दै गएको बसाइँसराइ तथा समग्र जन्मदरमा आएको कमीले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएको यथार्थलाई दृष्टिगत गरी आवश्यक व्यवस्थासहित समस्या समाधान गर्न माग गर्नुभयो ।

सांसद गोमादेवी तिमिल्सिनाले काठमाडौँको तीनकुनेमा गत चैत १५ गते पूर्व राजा समर्थकको नाममा भएको प्रदर्शनका क्रममा क्षतिग्रस्त जडीबुटी प्रशोधन केन्द्रको सञ्चालनका लागि ध्यानाकर्षण गराउनुभयो ।

सांसद दुर्गाकुमारी गुरुङले कर्णालीमा आयोजना हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने समय पटकपटक सारेकामा असन्तुष्टि व्यक्त गर्दै आगामी मङ्सिरदेखि चैत महिनाभित्रमा उक्त प्रतियोगिता आयोजना गर्न माग थियो ।

सांसद युवराज शर्माले सरकारको बढ्दो बेरुजु रकम फछ्र्योटका लागि सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभयो ।

शून्य समयमा भाग लिँदै सांसद सोनाम गेल्जेन शेर्पाले गतवर्ष हिमताल फुटेर आएको बाढीले क्षतिग्रस्त अवस्थामा रहेको सोलुखुम्बु जिल्लाको थामे गाउँको पुनःस्थापनाका लागि आगामी वर्षको बजेटमार्फत सम्बोधन गरियोस् भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने