२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाह्र वर्षीया प्रतिष्ठाको ‘डेड अर अलाइभ’ उपन्यास सार्वजनिक

२०८२, १३ जेष्ठ सोमबार १६:१८

काठमाडौँ । बाह्र वर्षीया प्रतिष्ठा बडूले अङ्ग्रेजी भाषामा लेख्नुभएको ‘डेड अर अलाइभ’ नामक उपन्यास सार्वजनिक भएको छ । भाषा आयोगका पूर्वअध्यक्ष प्राडा लवदेव अवस्थीले एक कार्यक्रमबीच उक्त कृतिको विमोचन गर्नुभएको हो ।

पाठशाला फाउन्डेशन नेपालमा कक्षा ८ मा अध्ययनरत बडूको उक्त उपन्यास आवरण प्रकाशनले प्रकाशित गरेको हो । सो उपन्यास लेखिका बडूले कोभिड–१९ को समयमा भोगेको अनुभूतिमा आधारित सचित्र अध्याय पुस्तक हो । सो अवसरमा प्राडा अवस्थीले कोभिड–१९ को बेला बाल मस्तिष्कले भोगेको कटु अनुभवलाई प्रतिष्ठाले कलात्मक तरिकाले प्रस्तुत गर्नुभएको र उहाँमा प्रतिभाको प्रवाह प्रचुर रहेको बताउनुभयो ।

बाल साहित्य समाजका अध्यक्ष विजयराज आचार्यले देशका कुनाकुनामा रहेका बाल प्रतिभाको खोजी गरी अगाडि ल्याउनुपर्नेमा जोड दिनुभयो । बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष अनन्त वाग्लेले उपन्यासमा साहसिक यात्रा, मानवीय समवेदना र स्वैरकल्पनाको सुन्दर मिश्रण रहेको बताउनुभयो । आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले प्रतिष्ठामा अद्वितीय लेखन कलाको क्षमता रहेको विचार राख्दै उहाँलाई प्रकाशकका तर्फबाट प्रशंसापत्र प्रदान गर्नुभयो ।

क्याप्टेन वेद उप्रेतीले प्रतिष्ठता सुन्दर सुदूरपश्चिमबाट फक्रेकी बालप्रतिभा भएको बताउनुभयो । कृतिकारका पिता कैलाश बडूले छोरी सानैदेखि भावुक स्वभावकी र आँटेको कुरा गरेरै छाड्ने आँटिली भएको बताउनुभयो । पाठशाला नेपाल फाउन्डेशनका संस्थापक इश्वरमणि अधिकारीले आफ्नो विद्यालयमा प्रतिष्ठाजस्ता बाल प्रतिभा हुनुले विद्यालयको गरिमा बढाएको विचार राख्नुभयो । साहित्यकार जया बुढाथोकीले उपन्यास निकै पठनीय भएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक विश्वनाथ कँडेलले प्रतिष्ठा अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताउनुभयो ।

उपन्यासकार प्रतिष्ठा बडूले आफ्नो लेखकीय अनुभूति सुनाउँदै पहिलो कृति बुबा कैलाशको जन्मदिनमै उपहार दिन पाएकामा गौरवको अनुभूति मिलेको बताउनुभयो । साहित्यकार एवं कृतिकारकी हजुरआमा हेमन्ती जोशीले नातिनीले आफ्नै पदचिन्ह पच्छ्याउँदै साहित्यिक यात्रा सुरु गरेकामा खुशी व्यक्त गर्नुभयो । बीस खण्डमा विभक्त उक्त उपन्यासमा अक्रिनको कलाकारिता रहेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ