२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाह्र वर्षीया प्रतिष्ठाको ‘डेड अर अलाइभ’ उपन्यास सार्वजनिक

१३ जेष्ठ २०८२, सोमबार १६:१८

काठमाडौँ । बाह्र वर्षीया प्रतिष्ठा बडूले अङ्ग्रेजी भाषामा लेख्नुभएको ‘डेड अर अलाइभ’ नामक उपन्यास सार्वजनिक भएको छ । भाषा आयोगका पूर्वअध्यक्ष प्राडा लवदेव अवस्थीले एक कार्यक्रमबीच उक्त कृतिको विमोचन गर्नुभएको हो ।

पाठशाला फाउन्डेशन नेपालमा कक्षा ८ मा अध्ययनरत बडूको उक्त उपन्यास आवरण प्रकाशनले प्रकाशित गरेको हो । सो उपन्यास लेखिका बडूले कोभिड–१९ को समयमा भोगेको अनुभूतिमा आधारित सचित्र अध्याय पुस्तक हो । सो अवसरमा प्राडा अवस्थीले कोभिड–१९ को बेला बाल मस्तिष्कले भोगेको कटु अनुभवलाई प्रतिष्ठाले कलात्मक तरिकाले प्रस्तुत गर्नुभएको र उहाँमा प्रतिभाको प्रवाह प्रचुर रहेको बताउनुभयो ।

बाल साहित्य समाजका अध्यक्ष विजयराज आचार्यले देशका कुनाकुनामा रहेका बाल प्रतिभाको खोजी गरी अगाडि ल्याउनुपर्नेमा जोड दिनुभयो । बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष अनन्त वाग्लेले उपन्यासमा साहसिक यात्रा, मानवीय समवेदना र स्वैरकल्पनाको सुन्दर मिश्रण रहेको बताउनुभयो । आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले प्रतिष्ठामा अद्वितीय लेखन कलाको क्षमता रहेको विचार राख्दै उहाँलाई प्रकाशकका तर्फबाट प्रशंसापत्र प्रदान गर्नुभयो ।

क्याप्टेन वेद उप्रेतीले प्रतिष्ठता सुन्दर सुदूरपश्चिमबाट फक्रेकी बालप्रतिभा भएको बताउनुभयो । कृतिकारका पिता कैलाश बडूले छोरी सानैदेखि भावुक स्वभावकी र आँटेको कुरा गरेरै छाड्ने आँटिली भएको बताउनुभयो । पाठशाला नेपाल फाउन्डेशनका संस्थापक इश्वरमणि अधिकारीले आफ्नो विद्यालयमा प्रतिष्ठाजस्ता बाल प्रतिभा हुनुले विद्यालयको गरिमा बढाएको विचार राख्नुभयो । साहित्यकार जया बुढाथोकीले उपन्यास निकै पठनीय भएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक विश्वनाथ कँडेलले प्रतिष्ठा अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताउनुभयो ।

उपन्यासकार प्रतिष्ठा बडूले आफ्नो लेखकीय अनुभूति सुनाउँदै पहिलो कृति बुबा कैलाशको जन्मदिनमै उपहार दिन पाएकामा गौरवको अनुभूति मिलेको बताउनुभयो । साहित्यकार एवं कृतिकारकी हजुरआमा हेमन्ती जोशीले नातिनीले आफ्नै पदचिन्ह पच्छ्याउँदै साहित्यिक यात्रा सुरु गरेकामा खुशी व्यक्त गर्नुभयो । बीस खण्डमा विभक्त उक्त उपन्यासमा अक्रिनको कलाकारिता रहेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव